वैकल्पिक सरकार बन्न नदिन देउवाले किर्ते नाम बुझाए : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

वैकल्पिक सरकार बन्न नदिन देउवाले किर्ते नाम बुझाए : प्रधानमन्त्री ओली


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयास स्वरुप राष्ट्रपति कार्यालयमा किर्ते नाम बुझाएको आरोप लगाएका छन् ।

फर्जी हस्ताक्षर लिएर, दुषित अभ्यास गरि, दुषित कागज राष्ट्रपतिकार्यालयमा बुझाएको प्रधानमन्त्री ओलीको टिप्पणी छ ।

आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारसँगको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रतिपनि विश्वास नगरेको बताए । उनीहरूले कन्फ्युजन सिर्जना गरेकाले आफ्नो दाबीलाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उनको तर्क थियो ।

उनले लोकतान्त्रिक व्यवस्थामा दलीय अनुशासन हुनुपर्ने भन्दै दलीय अनुशासन भन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरे । लोकतन्त्र अनुशासित, मर्यादित र सामूहिक व्यवस्था भएको भन्दै उनले वुद्धि र प्रतिष्ठाको मिस युज गरेर बुद्धिजीवीहरुले पूर्वाग्रहका साथ संविधानको अपव्याख्या गरी संविधान माथिको निष्ठामा आँच पुर्‍याउने काम गरेको टिप्पणी गरे ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : ०३ बजे

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

वाशिङ्टन – अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई