रियलमी जिटिको ‘एन्ड्रोइड १२ बेटा १’ आउँदै « Khabarhub

रियलमी जिटिको ‘एन्ड्रोइड १२ बेटा १’ आउँदै


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन ब्राण्ड रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन चाँडै ल्याउने घोषणा गरेको छ । फल्याागसिप ‘रियलमी जीटी’ अन्तर्गत चाँडै एण्ड्रोइड बेटा १ अपडेट ल्याउने घोषणा कम्पनीले गरेको हो ।

एन्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने रियलमी जीटी पहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्ष कम्पनीकोे ‘रियलमी एक्स ५० प्रो’ ‘एण्ड्रोइड ११ बेटा १’ संस्करणकोे अपडेट पाउने पहिलो स्मार्टफोन थियो ।

रियलमीले गुगलसँग निकटतम् सहकार्य गरेर डेभलपरहरू मार्फत एण्ड्रोइड ११ बेटा १ संस्करणमा आधारित रियलमी युआई २ मा प्रयोगकर्ता प्रतिक्रिया सङ्कलन गरिरहेको छ । कम्पनीले युआई ३ सार्वजनिक गर्नु पूर्व प्रयोगकर्ताको प्रतिक्रिया सुन्न यो वर्ष पश्चात आफ्ना एण्ड्रोइड १२ डेभलपर पूर्वावलोकन कार्यक्रम राख्ने जनाएको छ ।

२०२१ को पहिलो फल्यागसिप स्मार्टफोन रियलमी जीटीमा एसडीएम ८८८, नयाँ जेनेरेसन कुलिङ सिस्टम, १२०हर्ज एमोलेड डिस्प्ले, ६५वाट सुपरडार्ट चार्जिङ र ४५०० एमएएच ब्याट्री समायोजन गरि निर्माण गरिएको हो । यसको उत्कर्ष प्रदर्शनले प्रयोगकर्तालाई एण्ड्रोइड १२ बेटा १ को झनै बढी मज्जाको अनुभूति दिलाउने कम्पनीले जानकारी दिएको छ ।

रियलमीले क्वालकमसँग नजिकको सहकार्य गरेर आफ्नो पछिल्लो उत्पादनमा प्रयोगकर्ता माझ नयाँ प्रविधि ल्याउन अघि परेको छ । यस वर्षको शुरुमा सार्वजनिक एसडीएम ८८८ द्वारा सुसज्जित पहिलो स्मार्टफोन रियलमी जीटी थियो । रियमलीले आगामी मोडेल साङ्केतिक नाम ‘क्विक सिल्भर’मा काम गरिरहेको छ ।स्न्यापड्रागन ७७८जी ५जीको मोबाइल प्लेटफर्म ६ एनएम चिप सहित क्वालकम कृओ ६७० सिपियुमा आधारित छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : ४२ बजे

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६