रियलमी जिटिको ‘एन्ड्रोइड १२ बेटा १’ आउँदै « Khabarhub

रियलमी जिटिको ‘एन्ड्रोइड १२ बेटा १’ आउँदै


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन ब्राण्ड रियलमीले ‘स्न्यापड्रागन ७७८ ५जी’ स्मार्टफोन चाँडै ल्याउने घोषणा गरेको छ । फल्याागसिप ‘रियलमी जीटी’ अन्तर्गत चाँडै एण्ड्रोइड बेटा १ अपडेट ल्याउने घोषणा कम्पनीले गरेको हो ।

एन्ड्रोइड १२ बेटा १ संस्करण अपडेट पाउने रियलमी जीटी पहिलो स्मार्टफोन हुनेछ । अघिल्लो वर्ष कम्पनीकोे ‘रियलमी एक्स ५० प्रो’ ‘एण्ड्रोइड ११ बेटा १’ संस्करणकोे अपडेट पाउने पहिलो स्मार्टफोन थियो ।

रियलमीले गुगलसँग निकटतम् सहकार्य गरेर डेभलपरहरू मार्फत एण्ड्रोइड ११ बेटा १ संस्करणमा आधारित रियलमी युआई २ मा प्रयोगकर्ता प्रतिक्रिया सङ्कलन गरिरहेको छ । कम्पनीले युआई ३ सार्वजनिक गर्नु पूर्व प्रयोगकर्ताको प्रतिक्रिया सुन्न यो वर्ष पश्चात आफ्ना एण्ड्रोइड १२ डेभलपर पूर्वावलोकन कार्यक्रम राख्ने जनाएको छ ।

२०२१ को पहिलो फल्यागसिप स्मार्टफोन रियलमी जीटीमा एसडीएम ८८८, नयाँ जेनेरेसन कुलिङ सिस्टम, १२०हर्ज एमोलेड डिस्प्ले, ६५वाट सुपरडार्ट चार्जिङ र ४५०० एमएएच ब्याट्री समायोजन गरि निर्माण गरिएको हो । यसको उत्कर्ष प्रदर्शनले प्रयोगकर्तालाई एण्ड्रोइड १२ बेटा १ को झनै बढी मज्जाको अनुभूति दिलाउने कम्पनीले जानकारी दिएको छ ।

रियलमीले क्वालकमसँग नजिकको सहकार्य गरेर आफ्नो पछिल्लो उत्पादनमा प्रयोगकर्ता माझ नयाँ प्रविधि ल्याउन अघि परेको छ । यस वर्षको शुरुमा सार्वजनिक एसडीएम ८८८ द्वारा सुसज्जित पहिलो स्मार्टफोन रियलमी जीटी थियो । रियमलीले आगामी मोडेल साङ्केतिक नाम ‘क्विक सिल्भर’मा काम गरिरहेको छ ।स्न्यापड्रागन ७७८जी ५जीको मोबाइल प्लेटफर्म ६ एनएम चिप सहित क्वालकम कृओ ६७० सिपियुमा आधारित छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : ४२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै