नागरिकता सम्बन्धी अध्यादेशमा के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित) | Khabarhub Khabarhub

नागरिकता सम्बन्धी अध्यादेशमा के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित)


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल नागरिकता अध्यादेश जारी गरेको छ ।

संसदमा रहेको नागरिकता विधेयक लामो समयदेखि समितिमा अड्किएपछि सरकारले अध्यादेशमार्फत् नागरिकता वितरण गर्ने गरी बाटो खोलेको हो ।

अध्यादेशमा २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागकिरता पाएकाको सन्तान वालिग भएपछि बंशजको नागरिकता दिने व्यवस्था गरिएको छ । तर त्यस्ता व्यक्तिले आमा र बाबु दुबैको नागरिकता पेश गर्नुपर्नेछ ।

त्यस्तै नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान नभएका व्यक्तिलाई समेत नेपालको बंशजको नागरिकता दिइने व्यवस्था गरिएको छ ।

तर पछि पहिचान हुँदा बाबु विदेशी रहेको देखिए स्वतः अंगीकृत नागरिकतामा रुपान्तरण हुने व्यवस्था समेत अध्यादेशमा समावेश गरिएको छ ।

नेपाली आमाबाट नेपालमै जन्म भएको तर बाबुको पहिचान हुन नसकेको र आमाको होसहवास नभएको र आमाको मृत्यु भइसकेको भए नागरिकता लिने आफैले स्वघोषणा गरेर निवेदन दिनुपर्ने व्यवस्था राखिएको छ ।

बाबुको पहिचान नभएको तर नागकिरता लिएपछि बाबु विदेशी भएको पाइए नेपाली नागरिकता पाएकाहरुले विदेशी नागरिकता नलिएको प्रमाण समेत पेश गर्नुपर्ने व्यवस्था समावेश गरिएको छ ।

यस्तो छ नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : १५ बजे

कांग्रेसमा किचलो बढ्दा प्रदेशमा अस्थिरता, आफ्नै सरकार ढाल्न जोडबल

काठमाडौं– ‘म्याजिक नम्बर’ का कारण मुलुकमा राजनीतिक अस्थिरता छाएको निष्कर्ष

रेखा र महेशलाई लिएर फिल्म बनाउँदै ‘कमेडी दरबार’ टिम, ‘क का कि की’बाट निर्देशनमा बिक्कीको डेब्यू

काठमाडौं – हाँस्य टेलिभिजन रियालिटी शो ‘कमेडी दरबार’को टिमले फिल्म

‘राम नाम सत्य’बाट फिल्ममा डेब्यू गर्दै टिकटकर आयुष, निर्देशक भन्छन्- अभिनय कक्षा लिने तयारीमा छन्

काठमाडौं – पछिल्लो समय टिकटकबाट चर्चामा आएकाहरु फिल्ममा प्रवेश गर्ने

बडादशैंका लागि नवदुर्गा मन्दिरमा भित्र्याइयो खम्ये  

काठमाडौं– यस वर्षको बडादशैंका लागि नवदुर्गा मन्दिरमा धार्मिक, सांस्कृतिक र

महिला सांसद समन्वय समिति गठनका लागि आग्रह

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक