नागरिकता अध्यादेश प्रमाणीकरणले निकै हर्षित छु : प्रभु साह « Khabarhub

नागरिकता अध्यादेश प्रमाणीकरणले निकै हर्षित छु : प्रभु साह


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निवर्तमान शहरी विकास मन्त्री एवम् नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिक अध्यादेश (पहिलो संशोधन) २०७८ प्रमाणीकरण गरेपछि प्रतिक्रिया जनाउँदै नेता साहले आफ्नो अथक प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने अन्तिम विन्दुमा पुगेकोमा हर्षित भएको बताए ।

उनले नागरिकता नपाएको अवस्थामा लाखौं युवायुवती राज्यविहीन महसुस गर्दै सेवा सुविधाबाट बन्चित रहेको हुँदा उनीहरूले नागरिकता पाउनुमा आफ्नो खुशी रहेको बताए । उनले यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली एवम् राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष धन्यवाद समेत दिएका छन् ।

“सम्माननीय राष्ट्रपतिज्यूले नागरिकता सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ, सर्वप्रथम त त्यसका लागि उहाँसहित प्रधानमन्त्रीज्यू एवम् सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यहरुलाई समेत धन्यवाद दिन चाहन्छु । मेरो लामो संघर्षको परिणामको रुपमा नागरिक अध्यादेश पारित हुँदा मलाई धेरै खुशी लागेको छ । विगतमा हाम्रो पार्टी नेकपाले नागरिकतासम्बन्धी समस्या समाधान गर्नुको सट्टा झनै जटिलता थप्दा ठूलो जोखिम लिएर विरोधमा उत्रिएको, संसददेखि बाहिरसम्म निरन्तर संघर्ष गरेको हुँ ।” नेता साहले भने, “अब नागरिकता नपाएका लाखौं युवाहरुले नागरिकता पाउनेछन्, राज्यको नागरिक भएको महसुस गर्नेछन् र सेवा सुविधा प्राप्त गर्नेछन् । यही नै मेरो विजय हो, म यसमा निकै हर्षित छु । अहिले अध्यादेश समस्या समाधान गर्न प्रयास भएपनि यसलाई कानुनको रुप दिएर सदाका लागि नागरिकता सम्बन्धी समस्या समाधान गर्नुपर्छ ।”

नेपाल नागरिकता अध्यादेश प्रमाणीकरण भएसंगै अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउनेछन् भने बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने छ । अध्यादेशसंगै अब विदेशी बुहारीले पनि नागरिकता लिन ७ वर्ष कुर्नु नपर्ने भएको छ ।

गत असार ७ गते नागरिकता विधेयकबारे तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयको ठाडो विरोधमा नेकपाकै नेता प्रभु साह उभिएका थिए । उक्त निर्णय मधेशी जनताको भावना विपरीत रहेको भन्दै नेता साहले पुनर्विचार गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : ०७ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन