अदालतबाटै थुनुवा फरार « Khabarhub

अदालतबाटै थुनुवा फरार


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन् ।

ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका–४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका लागि लगिएकोमा उनी महोत्तरी जिल्ला अदालतबाटै फरार भएका हुन् ।

ईलाका प्रहरी कार्यालय गौशालाबाट म्याद थपका लागि गएका कमलेशले प्रहरीलाई शौचालय जाने भन्दै शौचालय पुगेपछि शौचालयको पर्खाल नाघेर भागेको जनाइएको छ । उनी गत शुक्रबार मात्रै औरही नगरपालिका–४ स्थित कठुधारचौकमा भारतबाट ल्याएको भारी मात्रामा लागू औषधसहित पक्राऊ परेका थिए ।

उनको खोजतलाशमा अहिले ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी टोलीका साथै जिल्ला प्रहरी कार्यालयबाट पनि व्यापक रूपमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : १५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना