यी प्राकृतिक विधिबाट पनि कम गर्न सकिन्छ कोलेस्टेरोलको समस्या | Khabarhub Khabarhub

यी प्राकृतिक विधिबाट पनि कम गर्न सकिन्छ कोलेस्टेरोलको समस्या



डिसलिपिडिमिया अर्थात् कोलोस्टेरोल र ट्राईग्लिस्राईड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या आज बहुसंख्यक बयस्क व्यक्तिको साझा समस्याको रूपमा देखा परेको छ ।

हाम्रो रगतमा संयुक्त कोलेस्टेरोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, र एचडीएल कोलेस्टेरोल,  ट्राईग्लिसराईड नाम गरेका रक्त चिल्लोहरू पाईन्छन् । यी सबै रक्त चिल्लोको आ-आफ्नै स्वस्थ रक्त स्तर छ । यी चिल्लोहरूको रक्त स्तर स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बढ्नु वा घट्नुलाई रक्तचिल्लोको गडबडी वा डिसलिपिडीमिया भनिन्छ ।

यसरी रक्त कोलेस्टेरोल बढ्दा स्वास्थ्यमा धेरै गडबडी देखा पर्दछन् र हृदयघात र मस्तिष्कघात जस्ता समस्याहरू देखा पर्दछन् । यसर्थ रक्त चिल्लोको गडबडीको आजको दिनमा नं. १ किलर रोग हृदयघात र मस्तिष्कघातको आधारभूत कारण हुन् ।

हृदयघात र मस्तिष्कघात जस्ता रोगहरूमाथि विजय पाउनका लागि रक्तचिल्लोको गडबडीलाई कम गर्न सक्नु पर्दछ । रक्तचिल्लोको गडबडी कम गर्नका लागि निम्न प्राकृतिक उपायहरू अवलम्बन  गर्न सकिन्छ –

१. तौल कम गर्नुहोस् ।

२. नियमित रूपमा व्यायाम गर्ने गर्नुहोस् ।

३. आवधिक उपवास गर्नुहोस्।

४. प्रसस्त फलफूल तथा तरकारीको सेवन गर्नुहोस् ।

५. तेल नहालिकन खानेकुरा खान सिक्नुहोस् ।

६. धूम्रपानको त्याग गर्नुहोस् ।

७. मद्यपानको  त्याग गर्नुहोस्।

८. चिनी र प्रशोधित कार्बोहाईडेट्रेस्स नखाने।

९. ट्रान्स फ्याट र हाईड्रोजेनेटेड फ्याटको त्याग।

१०. प्रशस्त खाद्य रेशा र चोकरयूक्त खानेकुराहरूको सेवन गर्नुहोस् ।

११. आमेगा–३ फ्याट्टि एसिडको सेवन ।

१२. लसुनको सेवन ।

१३. तेल भएका गेडागुडीको सेवन बाट शरीरलाई चाहीने चिल्लोको पूर्ती गर्ने गरौँ ।

१४. आर्टिचोक खानुहोस् ।

१५. मेथीको सेवन गर्नुहोस् ।

१६. गुग्गुलिपिडको सेवन गर्नुहोस् ।

१७. अदुवाको सेवन गर्नुहोस् ।

१८. भिटामिनहरूको सेवन गर्नुहोस् ।

१९. मिनिरलहरूको सेवन गर्नुहोस् ।

२०. चाईनिज जडिबुटिको सेवन गर्नुहोस् ।

२१. धानको भूषको तेलको सेवन गर्नुहोस्।

२२. तनाव व्यावस्थापन गर्नुहोस् ।

२३. प्रशस्त पानी पिउनुहोस् ।

२४. उच्च मात्रामा खाद्यरेशा भएका खानेकुरा खानुहोस् ।

२५. जडीबुटीको प्रयोग गर्नुहोस् ।

लेखक भरतपुर१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कार्यकारी निर्देशक हुन्।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ५५ बजे

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको