यी प्राकृतिक विधिबाट पनि कम गर्न सकिन्छ कोलेस्टेरोलको समस्या « Khabarhub

यी प्राकृतिक विधिबाट पनि कम गर्न सकिन्छ कोलेस्टेरोलको समस्या



डिसलिपिडिमिया अर्थात् कोलोस्टेरोल र ट्राईग्लिस्राईड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या आज बहुसंख्यक बयस्क व्यक्तिको साझा समस्याको रूपमा देखा परेको छ ।

हाम्रो रगतमा संयुक्त कोलेस्टेरोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, र एचडीएल कोलेस्टेरोल,  ट्राईग्लिसराईड नाम गरेका रक्त चिल्लोहरू पाईन्छन् । यी सबै रक्त चिल्लोको आ-आफ्नै स्वस्थ रक्त स्तर छ । यी चिल्लोहरूको रक्त स्तर स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बढ्नु वा घट्नुलाई रक्तचिल्लोको गडबडी वा डिसलिपिडीमिया भनिन्छ ।

यसरी रक्त कोलेस्टेरोल बढ्दा स्वास्थ्यमा धेरै गडबडी देखा पर्दछन् र हृदयघात र मस्तिष्कघात जस्ता समस्याहरू देखा पर्दछन् । यसर्थ रक्त चिल्लोको गडबडीको आजको दिनमा नं. १ किलर रोग हृदयघात र मस्तिष्कघातको आधारभूत कारण हुन् ।

हृदयघात र मस्तिष्कघात जस्ता रोगहरूमाथि विजय पाउनका लागि रक्तचिल्लोको गडबडीलाई कम गर्न सक्नु पर्दछ । रक्तचिल्लोको गडबडी कम गर्नका लागि निम्न प्राकृतिक उपायहरू अवलम्बन  गर्न सकिन्छ –

१. तौल कम गर्नुहोस् ।

२. नियमित रूपमा व्यायाम गर्ने गर्नुहोस् ।

३. आवधिक उपवास गर्नुहोस्।

४. प्रसस्त फलफूल तथा तरकारीको सेवन गर्नुहोस् ।

५. तेल नहालिकन खानेकुरा खान सिक्नुहोस् ।

६. धूम्रपानको त्याग गर्नुहोस् ।

७. मद्यपानको  त्याग गर्नुहोस्।

८. चिनी र प्रशोधित कार्बोहाईडेट्रेस्स नखाने।

९. ट्रान्स फ्याट र हाईड्रोजेनेटेड फ्याटको त्याग।

१०. प्रशस्त खाद्य रेशा र चोकरयूक्त खानेकुराहरूको सेवन गर्नुहोस् ।

११. आमेगा–३ फ्याट्टि एसिडको सेवन ।

१२. लसुनको सेवन ।

१३. तेल भएका गेडागुडीको सेवन बाट शरीरलाई चाहीने चिल्लोको पूर्ती गर्ने गरौँ ।

१४. आर्टिचोक खानुहोस् ।

१५. मेथीको सेवन गर्नुहोस् ।

१६. गुग्गुलिपिडको सेवन गर्नुहोस् ।

१७. अदुवाको सेवन गर्नुहोस् ।

१८. भिटामिनहरूको सेवन गर्नुहोस् ।

१९. मिनिरलहरूको सेवन गर्नुहोस् ।

२०. चाईनिज जडिबुटिको सेवन गर्नुहोस् ।

२१. धानको भूषको तेलको सेवन गर्नुहोस्।

२२. तनाव व्यावस्थापन गर्नुहोस् ।

२३. प्रशस्त पानी पिउनुहोस् ।

२४. उच्च मात्रामा खाद्यरेशा भएका खानेकुरा खानुहोस् ।

२५. जडीबुटीको प्रयोग गर्नुहोस् ।

लेखक भरतपुर१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको कार्यकारी निर्देशक हुन्।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ५५ बजे

‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ