अस्ट्रेलियाली रक्षामन्त्रीले भने– चीनको बेल्ड एण्ड रोड परियोजना प्रोपगाण्डाको माध्यम हो | Khabarhub Khabarhub

अस्ट्रेलियाली रक्षामन्त्रीले भने– चीनको बेल्ड एण्ड रोड परियोजना प्रोपगाण्डाको माध्यम हो


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियामा संघीय सरकारले चिनियाँ बेल्ट एण्ड रोड परियोजना (बीआरआइ)मा आबद्ध हुने भिक्टोरिया राज्यको निर्णय रद्ध गरेको छ ।

अस्ट्रेलिया संघीय सरकारले बीआरआई परियोजना चीनको प्रोपगाण्डाको माध्यम रहेको भन्दै त्यससँग आबद्ध हुने भिक्टोरिया राज्यको निर्णय रद्ध गरेको हो ।

एसिया र प्यासिफिक क्षेत्रमा चीनको भूरणनीतिक परियोजना बीआरआई अस्ट्रेलियाको विदेश नीतिसँग अमिल्दो रहेको भन्दै संघीय सरकारले भिक्टोरियाको निर्णय रद्ध गरेको हो ।

यो परियोजना चीनको प्रोपगाण्डा माध्यममात्र रहेको र त्यसमा आबद्ध हुन अनुमति दिन नसक्ने रक्षामन्त्री पेटर डटनले बताए ।

अस्ट्रेलिया सरकारको समस्या चिनियाँ जनतासँग नभएर चिनियाँ कम्युनिष्ट पार्टीको मर्म, मूल्य मान्यतासँग रहेको रक्षामन्त्री डटनले बताए । अस्ट्रेलियाले राष्ट्रिय चासोको रक्षा गर्ने भन्दै आफ्ना राज्यहरु र अन्य मुलुकबीचको सम्झौताहरु रद्ध गर्न सक्नेगरि गत वर्ष चीन लक्षित नयाँ शक्ति गठन गरेको छ।

अस्ट्रेलियाले चीनका लागि भूराजनीतिक तथा आर्थिक लाभको माध्यम बीआरआईलाई निशानामा पार्दै आएको छ । अस्ट्रेलियाको यो कदम अनुचित र उत्तेजक रहेको अस्ट्रेलियास्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्ट्रेलियाको यस्तो कदमले द्वीपक्षीय सम्बन्धमा क्षति हुने विज्ञप्तिमा उल्लेख छ । मानव अधिकार, व्यापार लगायत विभिन्न विषयमा अस्ट्रेलियाले चीनविरुद्ध आवाज उठाउँदै आएकाले दुई देशबीच सम्बन्ध खस्किँदै गएको छ । स्रोत : डेलीमेल

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : १९ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला