निषेधाज्ञाको २ महिनामा ३० हजार युवा विदेसिए « Khabarhub

निषेधाज्ञाको २ महिनामा ३० हजार युवा विदेसिए

हप्ताको २ दिन श्रम कार्यलय खुला



काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी छ ।

कोरोना भाइरसको महामारी र त्यसका कारण उत्पन्न परिरिस्थितिले धेरै आर्थिक गतिविधि ठप्प छन् । धेरैले रोजगारी गुमाएका छन् ।

कोरोना महामारी लामो समय जारी रहँदा सर्वसाधारणलाई रोगको भन्दा भोकको चिन्ताले पिरोल्न थालेको छ । त्यसैले पनि पछिल्लो समय वैदेशिक रोजगारिका लागि विदेसिने क्रम पनि बढ्न थालेको छ ।

कोरोना माहामारीकै बीच रोजगारीको खोजीमा २ महिनामा ३० हजार युवा विदेसिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

सामान्य महिनामा ३० देखि ४० हजारको संख्यामा युवाहरू वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक जाने गर्दथे । यो संख्या वैशाख महिनाभर उस्तै देखिन्छ ।

वैशाखको मध्य महिनाबाट निषेधाज्ञा जारी भएकाले अन्य महिना जस्तै रोजागारीमा जानेहरूलाई वैशाखमा खासै प्रभाव नदेखिएको विभागका निर्देशक तथा सुचना अधिकारी महेन्द्रनाथ भट्टराइले खबरहबलाई बताए ।

सरकारले गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेसँगै वैशाखको तुलनामा जेठमा विदेसिनेको संख्या घटेको उनको भनाइ छ ।

‘वैशाखमा साढे २४ हजारको हाराहारीमा युवा जनशक्ति वैदेशिक रोजगारीमा गएका छन्’ उनले भने, ‘जेठमा भने निषेधाज्ञाको प्रभाव देखिएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या एकदमै कम छ ।’

उनकाअनुसार वैशाख र जेठ महिनामा मात्रै ३० हजार ३९ युवाहरू विदेशिएका छन् ।

वैशाख महिनामा २४ हजार ३ सय ६३ र जेठमा ५ हजार ६ सय ७६ युवाहरूले अन्तिम श्रमस्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

श्रम स्वीकृति हप्तामा २ दिन

कोरोना संक्रमणका बापजुत भौतिक रुपमा उपस्थित भइ प्रदान गरिने श्रम स्वीकृति वैदेशिक रोजागर कार्यालयले जेठ २६ गतेबाट सुचारु गर्‍यो ।

‘भौतिक रुपमा उपस्थित भइ श्रम स्वीकृति लिनेहरू आइतबार र बुधबार आएर सेवा लिइरहनु भएको छ’ कार्यालयकी प्रमुख बिनु बज्रचार्यले खबरहबसँग भनिन् ।

पछिल्ला केही दिनयता वैदेशिक रोजगार कार्यालय ताहचलमा श्रम स्वीकृति लिनेहरूको भीड पनि बढेको छ ।

हप्ताको २ दिन श्रम कार्यालय खुल्ने भएपछि भीड बढेको उनी बताउँछिन् ।

त्यस्तै कार्यालयले पुनः श्रम स्वीकृतिको सेवा अनलाइनमार्फत पनि दिँदै आएको छ ।

बायोमेट्रिक नहुनेहरूका हकमा अनलाइनमार्फत सेवा दिन नसकिएपछि हाल उनीहरूलाई भौतिक उपस्थितिमै सेवा दिँदै आएको विभागले जनाएको छ ।

सबै मुलुकमा उडान सहज नहुँदा पुनः श्रम स्वीकृति लिएका धेरै श्रमिकहरू उड्न पाएका छैनन् ।

१२ हजार युवा दक्ष

रोजगारीका क्रममा विदेसिने मध्य धेरै अदक्ष कामदार रहेका छन् । विभागकाअनुसार २ महिनामा अर्धदक्ष २ हजार ८ सय ४७, दक्ष १२ हजार ३ सय ६४ र अदक्ष १३ हजार १ सय ९१ जना कामदार रोजगारीका क्रममा विभिन्न मुलुक गएका छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : १५ बजे

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी

केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल