संकटमा जोगिने चाणक्य नीतिको सुझाव « Khabarhub

संकटमा जोगिने चाणक्य नीतिको सुझाव


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैयौं पटक समस्यामा परेका साथीलाई हामी सहजै सल्लाह दिन्छौ । तर जब हामी आफैँ समस्यामा पर्छौ त्यसबेलामा भने हामी विवेक प्रयोग गरी सही फैसला लिन सक्दैनौं । यस्तो स्थितीमा आचार्य चाणक्यद्धारा मनुष्य कल्याणमा भनिएका कुराहरु उपयोगी हुन सक्छ ।

चाणक्यले आफ्नो नीति शास्त्रमा कैयौं यस्ता नीति बताउका छन् जसलाई अपनाएर व्यक्ति सफलता प्राप्त गर्न सक्छ । चाणक्यले अप्ठेरा परिस्थीतीमा कसरी विवेकले काम गर्दैन र यस्तोमा के गर्ने भनेर चर्चा गरेका छन् ।

चाणक्य नीति शास्त्रमा आचार्य चाणक्यले पाँचौं अध्यायको तेस्रो श्लोकमा भनेका छन् :

तावद् भयेषु भेतव्यं यावद् भयमनागतम् ।
आगतं तु भयं दृष्ट्वा प्रहर्तव्यमशङ्कया ।।

अर्थात – कुनै पनि दुख, समस्या वा आपतको समयमा केवल त्यसबेला सम्म डराउनु पर्दछ जबसम्म त्यो हामीबाट टाढा रहन्छ । तर जब संकट वा समस्या जीवनमा आइपर्छ त्यस समयमा निडर भई बिना कुनै शंका त्यसमाथि प्रहार गरी ति समस्याको सामना गर्नु पर्दछ । समस्या वा संकटबाट छुटकारा पाउने यो मात्र एक बाटो हो । यस्तो गर्ने मानिस मात्र बुद्धिमान मानिन्छ ।

यस अलावा चाणक्य नीतिको पहिलो अध्यायको सातौं श्लोकमा आचार्य चाणक्यले भनेका छन् :
आपदर्थे धनं रक्षेच्छ्रीमतां कुत आपदः ।
कदाचिच्चलिता लक्ष्मीः सञ्चितोऽपि विनश्यति ।।

अर्थात – व्यक्तिको भविष्यमा आउने कुनै संकट वा समस्यासंग जुध्न धनको सञ्चय गर्न आवश्यक छ । धनको सञ्चय यस कारण किनभने धन अर्थात देवी लक्ष्मीको स्वभाव चञ्चल हुने भएकाले हरेक समयमा यो एकै स्थान अडि नरहन सक्छ । साथै कुनै यस्तो समय पनि आउन सक्छ जुन बेला जम्मा गरीएको धन नष्ट हुनसक्छ । त्यसैले यस्तो अवस्था आउनु अघि नै धनको बचत गर्न जरुरी छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ०४ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने