सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई भक्तपुर नगरपालिकाद्वारा आर्थिक सहयोग « Khabarhub

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई भक्तपुर नगरपालिकाद्वारा आर्थिक सहयोग


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अन्जना देवी मधिकर्मी र नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहन बस्नेतको टोलिले बुधबार आर्थिक सहयो हस्तान्तरण गरेको हो ।

मध्यपुर ठिमी नगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र मेलम्चि नगरपालिकालाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक उपमेयर मधिकर्मीले हस्तान्तरण गरे ।

नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री मोहन बस्नेतले आफूहरुले निरन्तर सहयोग गरिरहेको जानकारी दिँदै उनले विरोधीहरुले कहाँबाट पैसा आयो भन्दै विभिन्न बखेडा भिकिरहेको बताए ।

उनले आफूहरुले पार्दशी ढंगले बाढी प्रभावित जनताको सेवा गरिरहेको बताए ।

बस्नेतले बाढीबाट मृत्य भएका दुईजनाका परिवारलाई जनही ५०-५० हजार रुपैया हस्तान्तरण गरे । उनले बाढी प्रभाविति हेलम्बुका तीन वटा वडाहरुमा १–१ लाखको सहयोग हस्तान्तरण गरेका थिए ।

हेलम्बु गाउँपालिका वडा नं ३, वडा नं ४ र वडा नं ७ लाई तार जाली लगाउन सहयोग गरेको उनले बताए । नेपाली काँग्रेस भक्तपुर जिल्लाले गरेको तीन लाख भन्दा बढिको सहयोग समेत आजै हस्तान्तरण गरिएको छ ।

विभिन्न ठाउँबाट सहयोग गर्नुहुने सबैलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले धन्यवाद दिए ।

अहिले बाढीका कारण प्रभावित जनताको जीवन रक्षाका लागि विभिन्न ठाउँबाट सहयोग भइरहेको जनप्रतिनिधिहरुको भनाइ छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ५९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु