नेप्से ५१ अंकले घटेर २८ सय ६२ मा आइपुग्यो, ८ अर्ब ३६ करोडको कारोबार « Khabarhub

नेप्से ५१ अंकले घटेर २८ सय ६२ मा आइपुग्यो, ८ अर्ब ३६ करोडको कारोबार


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार शेयर बजार परिसूचक नेप्सेमा ५१.६५ अंकको गिरावट आएको छ ।

अघिल्लो हप्ता उच्च अंकले वृद्धि हुँदै कीर्तिमान बनाएको नेप्स पछिल्ला दिन ओरालो लागेको छ । हिजो ७९ अंकले वृद्धि भइ थामिएको नेप्से आज ५१.६५ अंकले घट्दै २८ सय ६२.१८ अंकको विन्दुमा आइपुगेको छ ।

आज २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर खरिदबिक्रीबाट ८ अर्ब ३६ करोडको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.३७ अंकले घटदै ५२८.९७ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

समूहगत परिसूचकतर्फ १३ वटै समूहगत सुचाङ्क घटेका छन् । जीवन बीमा समूहको सूचाङ्क सबैभन्दा धेरै ३८७.४२ अंकले घटेको छ भने दोस्रो स्थानमा नीर्जीवन बीमा समूहको सव इन्डेक्स २८०.१२ अंकले बढेको छ ।

यसैगरी बैंकिङ समूह २८.५४ अंक, व्यापार समूह ५५.५६, होटल तथा पर्यटन समूहको ६९.७७ अंक, विकास बैंक समूहको १६०.६६ अंक, उत्पादनमुलुक समूहको १२१.१३ अंक, लघुवित्त समूहको १००.३२ अंक, वित्त समूहको ६७.४४ अंक र जलविद्युत समूहको ७१.४९ अंकले बढेको छ ।

राधी जलविद्युत कम्पनीका लगानीकर्ता समूहको सबैभन्दा धेरै ९.७१ प्रतिशतले कमाएका छन् भने कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.६ अंकले गुमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै ५४ करोड ३० लाख कारोबार गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ५ : ४२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक