खेलकुदको विकासका लागि पूर्वाधार पहिलो शर्त : उपराष्ट्रपति पुन « Khabarhub

खेलकुदको विकासका लागि पूर्वाधार पहिलो शर्त : उपराष्ट्रपति पुन


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदको विकासका लागि पूर्वाधार पहिलो शर्त भएको बताएका छन् ।

बुधबार ओलम्पिक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै उराष्ट्रपति नन्दबहादुर पुनले पूर्वाधारको विकासविना खेल क्षेत्रको विकास नहुने बताएका हुन् ।

कमजोर पूर्वाधारले खेलकुदको विकास हुन नसक्ने तर्क गरे । खेलाडीलाई जीवन निर्वाह गर्न पुग्ने गरी व्यवस्थापन गर्न नसके खेल क्षेत्रको विकास सम्भव नरहेको बताउँदै उपराष्ट्रपति पुनले सम्बन्धीत निकायले यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।

उनले भौतिक वूर्वाधार सहित नियमित अभ्यास गर्न मिल्ने भौतिक संरचना भए अन्र्तराष्ट्रिय क्षेत्रमा खेलाडीले देशको नाम चम्काउन सक्ने बताए । उनले कोरोना महामारिको समयमा समेत खेल क्षेत्रले अतुलनीय प्रगति गरेको भन्दै प्रशंशा समेत गरे ।

उनले खेल क्षेत्र पनि कोरोना महामारिबाट अछुतो नरहेकाले यसबाट बच्न र बचाउन कोरोना विरुद्धका नियमहरु पालना गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल ओलम्पितक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वमा तीन पीलरको काममा गरिरको बताए । उहाले मुभ, लर्न र डिस्कभरी गरी तीन आधारमा ओलम्पिक गतिविधि भइरहेको जानकारी दिए ।

श्रेष्ठले खेल अनुशासनका लागि आग्रह गर्दै यस क्षेत्रलाई मर्‍यादित बनाउनु आजको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : ४५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल