जाँदा जाँदै लागू औषध नियन्त्रण ब्यूरो प्रमुख चौधरीले भने- म माथि अन्याय भयो  « Khabarhub

जाँदा जाँदै लागू औषध नियन्त्रण ब्यूरो प्रमुख चौधरीले भने- म माथि अन्याय भयो 


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  ५५ वर्षे उमेर हदका कारण बुधबार अवकास पाएका नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो प्रमुख एसएसपी दिलिप चौधरीले आफूमाथि अन्याय भएको बताएका छन् ।

लागू औषध नियन्त्रण व्यूरोले मिति २०७७ बैशाख १७ देखि २०७८ असार ९ गतेसम्म गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गर्दै उनले आफूलाई डिआइजी हुनबाट संगठन र राज्यले बञ्चित गरेको बताए ।

 उनले आफू एसपी हुँदा १ नम्बरमा भए पनि डिआइजी हुनबाट संगठन र राज्यबाट चलखेल भएको बताए । उनले आफ्नो बढुवा माथिल्लो निकायबाटै रोकिएको बताउँदै २०७४ मा भएको निर्वाचनको कुरालाई लिएर विभेद भएको आफूले जानकारी पाएको सुनाए ।

निर्वाचनमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगरेको जिकिर गर्दै नखाएको विष लागेको तर्क गरे । एसएसपी चौधरीले आफू लागू औषध ब्यूरो प्रमुख भएदेखि गरेका कार्यहरुको समेत संक्षिप्त जानकारी दिए ।

गत तीन वर्षको अनुपातमा लागू औषध सम्बन्धी मुद्दामा कमी आएको समेत बताए । उनले यो वर्ष ६५ वटा मुद्दा दर्ता भएकोमा पक्राउ पर्नेमा पुरुषको संख्या बढेको र महिलाको संख्यामा कमी आएको जानकारी दिए ।

त्यस्तै गाजाँ बरामदको संख्या घटेको भए पनि खैरो हिरोइन कारोबारी गर्नेको संख्या बढेको बताए । उनले नेपाल भरी लागू औषध सम्बन्धी मुद्दा दर्ता संख्या ३० हजार ९ सय ७३ रहेको र लागू औषधको ब्यूरोले मात्रै दर्ता गरेको मुद्दा ३ सय ५० वटा रहेको जानकारी दिए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ७ : १४ बजे

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान