सिम्रिक एयरद्वारा २०० बढी कोरोना संक्रमितको उद्धार « Khabarhub

सिम्रिक एयरद्वारा २०० बढी कोरोना संक्रमितको उद्धार


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिम्रिक एयरले हालसम्म २०० भन्दा बढी कोरोना भाइरस संक्रमितको उद्धार गरेको जानकारी दिएको छ । हालसम्म विभिन्न जिल्लाबाट कोरोना संक्रमण भएर जोखिममा रहेका उनीहरुको उद्धार गरेको जानकारी दिएको हो ।

एयरलाइन्सले विज्ञप्ति जारी गर्दै यस संकटको घडीमा जोखिम मोलेर अनवरत् सेवा दिइरहेका चालक दलका सदस्य, ईन्फ्लाईट् मेडिकल टिम, परेशन टिम, व्यवस्थापन टिमले गरेको सहयोगप्रति आभार प्रकट गरेको छ ।

सेवा नै धर्म हो भन्ने मान्यतालई आत्मसात् गर्दै सिम्रिक एयरले आफ्ना आकस्मिक उद्धार उडानहरु जारी राखेको जनाएको छ ।

आपत बिपतमा सदैव साथमा रहने जनाउँदै सिम्रिक एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कोरोना महामारी जस्ता चुनौतीहरुको डटेर सामना गरेर, आइपरेका बाधाहरुलाई छिचोलेर हामी एक दिन अवश्य जित हासिल गर्ने छौँ ।’

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ४१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु