उल्टो मोटरसाइकल यात्री चित्र श्रीराजको ब्राण्ड एम्बेसडर « Khabarhub

उल्टो मोटरसाइकल यात्री चित्र श्रीराजको ब्राण्ड एम्बेसडर


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्कीलाई श्रीराज कलेक्सनको ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाडौंको नरदेवीस्थित श्रीराज कलेक्सनले बुधबार कार्कीलाई एक वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

श्रीराज कलेक्सनका सीईओ राज कार्कीले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गरी विश्व उल्टो मोटरसाईकल यात्री कार्कीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन् । खोटाङमा जन्मिएका चित्रले सन् २०११ मा मेची महाकाली उल्टो मोटरसाइकल यात्रा गरेर विश्व रेकर्ड राखेका थिए ।

विगत तीन वर्ष अघिदेखी नरदेविमा सञ्चालनमा आएको श्रीराज कलेक्सनले सर्टिङ सुटिङका क्षेत्रमा स्थापित छ । श्रीराजले बिभिन्न स्कुल, कलेज, कार्यालय, बैंक, बीमा तथा बित्तिय संस्थाहरुका लागि अफिसियल पहिरन सिलाउँदै आएको छ ।

छोटो समयमै धेरैको मन जित्न सफल श्रीराजले लकडाउन खुल्ने बित्तिकै नयाँ ब्राञ्च सञ्चालनमा ल्याउने तयारी गरिरहेको सीईओ राजले बताए । हाल श्रीराजले कालिगढ सहित १५ जनालाई रोजगारी दिलाएको छ ।

उल्टो मोटरसाइकल यात्री चित्रकुमार च्याम्पियन बुक अफ वल्र्ड रेकर्डका नेपाल संयोजक तथा सद्भावना दूत पनि हुन् । उनी विगत १२ वर्षदेखी पत्रकारिता तथा सामाजिक सेवाका काममा पनि सक्रिय छन् । हाल चित्रकुमार गिनिज वल्र्ड रेकर्डस्का लागि कन्सल्ट्यान्टका रुपमा काम गर्दै आएका छन् । उनी वल्र्ड रेकर्ड फाउन्डेसन र किर्तिमानी युवा संघ नेपालका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : २० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको