फ्रिजको पानीबाट हुन्छ धेरै हानी « Khabarhub

फ्रिजको पानीबाट हुन्छ धेरै हानी



गर्मीमा हामी अधिकांशले फ्रिजको पानी सेवन गर्ने गरेका छौ। शितलताका लागि फ्रिजको पानी पिउने गरे पनि त्यो पाइँदैन । उल्टै अनेकन स्वास्थ्य समस्या थपिन्छन् । यसर्थ चिसो पानी पिउनु पूर्व यसले पुर्‍याउने हानी थाहा पाउन जरुरी छ ।

के के छन हानी?
१. पाचन समस्याः
चिसो पानीको सेवनले तपाईको पाचन क्रियालाई प्रभावित गर्न सक्दछ। चिसो पानी वा कोल्ड्रिङ्कसको सेवन गर्दा चिसोको कारणले पेटका रक्तनलीह्रू संकुचित हुने र पाचनको लागि आवश्यक पाचन रसको उत्सर्जन गर्न र पाचन पश्चात उत्पादित पोषक तत्वहरूको अवशोषण पनि राम्ररी हुन सक्दैन।

फलतः पाचनक्रिया नराम्ररी प्रभावित हुने गर्दछ। यसैगरि पाचन ईन्जाईमहरूको उत्कृष्ट कार्यकालागि आवश्यक पर्ने उपयूक्त तापक्रम पनि चिसो पानीको सेवन पश्चात घट्ने हुँदा ईन्जाईमहरू निश्क्रिय भई पाचन प्रभावित हुने गर्दछ।

त्यस्तै चिसो पानीको शेवन पश्चात घटेको तापक्रमलाई सन्तुलित गर्न शरीरले अतिरिक्त उर्जा खर्च गनुपर्ने हुन्छ जसको कारणले पनि पाचन प्रभावित हुने गर्दछ। यी सबै कुराहरू हुँदा अपच, अजीर्ण, कब्जियत, आँउ र पायल्स जस्ता समस्याहरू देखापर्दछन।

२. हृदयगति कमहुनेः
चिसो पानीको सेवन पश्चात चिसोका कारण पेटको स्नायू आपुर्ती गर्ने भेगस नर्भ उत्तेजित हुन पुग्दछ। भेगस नाडी उत्तेजित हुँदा हृदयगति कमहुने र हृदयको कार्यक्षमता पनि घट्दछ।

३. शक लाग्न सक्छः
कडा परिश्रम पश्चात चिसो पानीको सेवन गर्दा हामीलाई सर्कुलेटरी शक लाग्न सक्छ। यसर्थ कडा परिश्रम तुरून्त पश्चात पानी पिउन र त्यसमा पनि चिसो पानी पिउन सर्बथा बर्जीत गरिएको छ। कडा श्रम पश्चात चिसो पानी पिउदा शरीरले परिश्रमकम क्रममा उत्पादन गरिरहेको उष्मालाई चिसो पानीले तत्काल रोकीदिनेहुँदा शक लाग्न सक्दछ। यसैगरि श्रमका बेलामा पिईएको पानीलाई शरीरले तत्काल अवशोषण पनि गर्न सक्दैन फलतः पेट दुख्ने पखाला लाग्ने र शकको अवश्था समेत आउन सक्दछ।

४. तौल बढाउनेः
चिसो पानीको सेवनले शरीरको मेटाबोलिजमलाई पनि प्रभावित बनाउने गर्दछ। फलतः बोशो पग्लिने क्रिया प्रभावित हुनजाँदा तौल बढ्ने र भूँडी लाग्ने जस्ता समस्या देखापर्ने गर्दछ।

५ प्रतिरक्षा प्रणालीलाई कमजोर पार्नेः
चिसो पानीको सेवनले हाम्रो प्रतिरक्षा प्रणालीलाई समेत प्रभावित पार्नेहुदाँ हामीलाई रूघा लाग्ने, गला बस्ने, खोकीलाग्ने र दम बढ्ने जस्ता समस्याहरू देखापर्ने गर्दछ।

६. रोगको लक्षणहरू बढाउनेः
चिसो पानीको सेवनले एकालेसिया, दम, खोकी, र माईग्रेन जस्ता समस्याको लक्षणहरूलाई बढाउने गर्दछ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : ४४ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका