किन गन्हाउँछ श्वास ? « Khabarhub

किन गन्हाउँछ श्वास ?


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्वास गन्हाउने अर्थात मुख गन्हाउने समस्या अहिले आम मानिसको साझा समस्या बनेको छ । यो समस्या युवादेखि वृद्धहरुसम्म हुने गरेको छ ।

कसैकसैमा घाँटीको संक्रमणले गर्दा वा दाँतको बीचमा अडकएको खाना कुहिएर मुख गन्हाउने समस्या हुन्छ । यस अलावा अन्य थुप्रै कारणले मुख गन्हाउने समस्या हुनसक्छ ।

किन गन्हाउँछ श्वास ?
– मुखको सरसफाइ नहुँदा
– गिजाका विभिन्न रोग हुँदा
– जिब्रोमा जीवाणु जम्दा
– सफा नक्कली दाँत नलगाउदाँ
– मुखमा घाउ हुदाँ
– गलत रूपले दाँत भर्दा
– प्याज र लसुन जस्ता खाद्य पदार्थ खादाँ
– लामो समयसम्म औषधि सेवन गर्दा
– तनावले मुखलाई सुक्खा बनाउँछ र मुख गन्हाउँछ
– र जटिल रोग हुदाँ समेत मुख गन्हाउने हुन्छ ।

यस्तो समस्या भएमा मुखमा सुकमेल, ल्वाङ लगायतका सुगन्धित पदार्थ उपयोग गर्दा मुख गन्हाउने समस्या समाधान हुन्छ । यि सुगन्धित पदार्थको उपभोगले यि पर्दाथको बास्नाभन्दा पनि मुखमा र्‍यालको प्रवाहलाई कायम गर्दा मुख गन्हाउने समस्या कम हुने हुन्छ ।

यस अलावा दुर्गन्धबाट बच्न खाना खाएपछि ब्रस गर्ने वा नसके पानीले राम्ररी कुल्ला गरेमा पनि मुख गन्हाउने समस्या कम हुन्छ । यस्तै, चिनीरहित चुइँगम चपाउँदा पनि मुखमा र्‍याल आइरहन्छ र दुर्गन्ध हुन पाउँदैन । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : २५ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६