फिल्मकर्मीलाई प्रधानमन्त्री देउवाको आश्वासन « Khabarhub

फिल्मकर्मीलाई प्रधानमन्त्री देउवाको आश्वासन


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ । बिहिबार कलाकर्मीसँगको प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वासन दिएका हुन् ।

नेपाली कांग्रेसको भातृ संगठन सांस्कृतिक संघको नेृतृत्वमा करिब ५ दर्जन बढी कलाकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त अवसरमा फिल्मकर्मीले लकडाउन र निषेधाज्ञाले कलाक्षेत्रमा धरासायी बनेको, फिल्म हलहरु लामो समयदेखि बन्द र कलाकारहरु कामविहिन भएको जानकारी गराउदै कलाक्षेत्र पहिलेको अवस्थामा फर्काउन सरकारको सहयोगको खाचो रहेको माग गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा नेपाल संस्कृतिक संघका तर्फबाट अध्यक्ष तीर्थ थापाले प्रधानमन्त्री देउवालाई सम्मान पत्रसमेत प्रदान गरेका थिए ।

‘कार्यक्रममा हामीले कलाकारको लागि कोरोनाविरुद्धको खोपको माग समेत राखेका थियौ’ नेपाल संस्कृतिक संघका महामन्त्री रोशनी केसीले भनिन् ‘प्रधानमन्त्री कलाकर्मीका लागि सरकारले चाँडै खोपको व्यवस्था समेत गर्ने बताउनु भएको छ ।’

कार्यक्रममा संघका महामन्त्री शिवशंकर रिजालले प्रधानमन्त्रीको राष्ट्रिय भ्रमणमा कलाकारलाई पनि सहभागी गराउनु अनुरोध गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्री देउवाले आफ्नो राष्ट्रिय भ्रमणमा कलाकारलाई समेट्ने समेत वचन दिएका थिए ।

कार्यक्रममा नेपाल संस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’, रोशनी केसी, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष प्रवक्ता मोहन निरौला, अभिनेता भुवन केसी, सितल केसी, गोपाल ढकाल ‘छन्दे’, गोपालकाजी कायस्थ, नरेश पौडेललगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : ४५ बजे

अर्थ मन्त्रालयमा सरुवा र पदस्थापन प्रक्रिया लागू

काठमाडौं – अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,