विगतमा भएका सम्झौता कार्यान्वयको माग राख्दै माइतीघरमा शिक्षकहरूको धर्ना « Khabarhub

विगतमा भएका सम्झौता कार्यान्वयको माग राख्दै माइतीघरमा शिक्षकहरूको धर्ना


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ३४ बुँदे माग राख्दै शिक्षकहरुले आज माइतीघर मण्डलामा धर्ना दिएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सामुदायिक विद्यालयमा अध्यापन गराउने नेपाल शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले धर्ना दिएका हुन् ।

गुणस्तरीय शिक्षा विकासका लागि शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संविधानको धारा ३१ को शिक्षा सम्बन्धी हकको व्यवस्था अनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रबन्ध व्यवहारमा लागू गर्नुपर्ने लगायतका ३४ बुँदे माग राख्दै शिक्षकहरु धर्नामा बसेका हुन् ।

विगतका सरकारसँग भएका सम्झौता अनुसारका मागहरु पूरा गर्नुपर्ने र महिला शिक्षकको प्रसूति विदा ६ महिना कायम गरी उक्त अवधिभर सट्टा शिक्षकको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

शिक्षक महासंघले घोषणा गरे बमोजिम चौँथो चरणको आन्दोलनलाई सार्थकता दिन शिक्षक कर्मचारीहरु धर्नामा बसेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

सरकारले शिक्षकका मागहरू पूरा नगरे थप कडाइका साथ आन्दोलनलाई अघि बढाउने उनको भनाइ छ ।

त्यस्तै धर्नालाई सम्बोधन गर्दै संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आफ‍ूहरुलाई आश्वासन मात्रै दिएर ढाँटेको आरोप लगाए ।

उनले भने, ‘विद्यालय शिक्षक, कर्मचारीको न्यूनतम तलब पुर्‍याउँछौँ भन्नु भयो तर संघ र स्थानीय सरकारले तलब व्यहोर्ने नाममा अहिले समस्या सिजर्ना भएका छन् ।’

स्थानीय तहले अहिले धमाधम विज्ञप्ति निकाल्दै तलब दिन नसक्ने जानकारी गराउन थालेको उनले बताए ।

बिहान १० बजेखि दिउँसो १ बजे उनीहरूले धर्ना दिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : २८ बजे

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए

मध्यपूर्व युद्धको प्रभाव : भारतीय रेस्टुरेन्टमा ग्यास संकट

बेङ्गलुरु– मध्यपूर्वमा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ । इरानसँगको