अब अनलाइनबाटै सवारी साधनको कर भुक्तानी सेवा « Khabarhub

अब अनलाइनबाटै सवारी साधनको कर भुक्तानी सेवा


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सवारी साधनको अनलाइन कर भुक्तानीका लागि वाग्मती प्रदेशमा ‘यातायात व्यवस्था सूचना प्रणाली’ को शुभारम्भ गरिएको छ ।

शुक्रबार मकवानपुरको हेटौँडामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सूचना प्रणालीको शुभारम्भ गरेका हुन् । प्रणालीको शुभारम्भ भएसँगै वाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने बताइएको छ ।

सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लू बुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर भुक्तानी गर्न सकिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै सेवाग्राहीले अब सवारीसाधनको राजश्व विवरण घरमै बसेर हेर्न र अनलाइनमार्फत दाखिला गर्न सक्नेछन् ।

कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशमा सुशासनको युग शुरू भएको बताए । उनले अब विद्युतीय बस सञ्चालन गर्नका लागि टेन्डरको आह्वान भइसकेको भइसकेको जानकारी दिए । भीमफेदीदेखि कुलेखानीसम्मको सुरुङमार्गका लागि पनि टेन्डरको प्रक्रियामा जाने उनले बताए ।

वाग्मती प्रदेशमा रहेका १० वटा यातायात सेवा व्यवस्था कार्यालयहरूमध्ये हाल ६ वटा कार्यालयबाट यो सेवाको सुरुवात गरिएको जनाइएको छ । वाग्मती प्रदेशमा हालसम्म १६ लाख ४७ हजारभन्दा धेरै सवारी दर्ता भइसकेको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बरालले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ४५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज