धारा ७६ (५) किन लेख्नुभो भनेर सोध्नेवाला थिएँ, नेम्वाङजी हिँडिसक्नुभएछ : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

धारा ७६ (५) किन लेख्नुभो भनेर सोध्नेवाला थिएँ, नेम्वाङजी हिँडिसक्नुभएछ : प्रधानमन्त्री देउवा


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको भएपनि उनले गलत ब्याख्या गरेको आरोप लगाएका हुन् ।

‘उहाँ आफूले बोलेर जवाफ नसुनिकन हिँडिसक्नुभएछ’,नेम्वाङप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने, धारा ७६ (५) किन राख्नुभो भनेर सोध्नेवाला थिएँ। अरुलाई भन्दा उहाँलाई बढी थाहा थियो, राम्रो ब्याख्या गर्नुहोला भनेको तर उल्टो बोलेर हिँड्नुभो ।’

प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने बताए । उनले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गर्ने प्रतिवद्धता जनाए ।

उनले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पारेका थिए ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसदमा विश्वासको मत लिन सकिने भएपनि त्यस्तो हुन नसकेको उनले बताउनुभयो । उनले विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको र ह्विप नलगाइएको स्पष्ट पारेका थिए ।

प्रतिनिसभा बैठकमा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदनसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

तिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मङ्गलबार १ बजे बोलाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : २३ बजे

घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले छाडे काठमाडौं

काठमाडौं– घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई

व्यवसायीक वातावरण पुनरुत्थानका लागि शान्ति सुरक्षा पहिलो सर्त : अध्यक्ष ढकाल 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण

दसैँमा पर्यटक भिसा खुला रहने

काठमाडौं– अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला

पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउन निःशुल्क बस सेवा थालियो

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुलाई

दसैँ नजिकिएसँगै आन्तरिक उडानमा बढ्यो चाप

काठमाडौं– बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ