टोकियो ओलम्पिकको भव्य उद्घाटन, दर्शक बिनाको समारोहमा ११ हजार खेलाडी सहभागी « Khabarhub

टोकियो ओलम्पिकको भव्य उद्घाटन, दर्शक बिनाको समारोहमा ११ हजार खेलाडी सहभागी


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको राजधानी टोकियोमा ३२ औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता शुरु भएको छ । कोरोनाभाइरस महामारीकै बीच संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन् ।

शुक्रबार अपराह्न ६८ हजार क्षमताको रंगशालामा उद्घाटन समारोह भएको हो । जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्व नेताहरू उद्घाटन समारोहमा उपस्थित भएका छन् ।

जापानी राष्ट्रिय गान र सांस्कृतिक नाचगानसहित शुरू भएको उद्घाटन समारोहमा रंगशाला वरपर आतिसबाजी पनि प्रस्तुत गरिएको छ । कोरोना महामारीको कारण यसपटक दर्शकबिनै ओलम्पिकको उद्घाटन गरिएको हो । खेल चलिरहँदा पनि दर्शकलाई रंगशाला प्रवेशमा रोक लगाइने भएको छ ।

ओलम्पिकमा ३३ खेलका ३३८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ओलम्पिकमा नेपालबाट ४ खेलका ५ जना खेलाडी सहभागी छन् । पौडिकी गौरिका सिंहले दोस्रोपटक खेल्दैछिन् । गौरिकासहित पौडिकै एलेक्स शाह, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पनि टोकियोमा छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : ५२ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था