भदौमा महाधिवेशन नभए पार्टी नै खारेज हुने खतरा हुन्छ : रामचन्द्र पौडेल « Khabarhub

भदौमा महाधिवेशन नभए पार्टी नै खारेज हुने खतरा हुन्छ : रामचन्द्र पौडेल


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटो भन्द छिटो समाधान गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा गुरुराज घिमिरेद्वारा लिखित मृत्युसँगको साक्षात्कार कविता संग्रह विमोचन गर्दै नेता पौडेलले तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटो भन्द छिटो समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले भदौमा तय गरिएको महाधिवेशन हुन नसके पार्टी नै खारेज हुने खतरा रहेको भन्दै सबै संवेदनशील भएर महाधिवशेनमा केन्द्रित हुनुपर्ने धारणा राखे । पौडेलले केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन पनि छिटो भन्दा छिटो हुनुपर्ने बताए ।

उनले महाधिवेशन बाहेकका अन्य अधिवेशनलाई विधान र कानूनले फरक नपार्ने गरी संशोधन गर्न सकिने धारणा राखे ।

कार्यक्रममा कांग्रेस नेताहरुले अग्रजले देखाएको बाटोमा पार्टीलाई अघि बढाउनका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : २० बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि