भदौमा महाधिवेशन नभए पार्टी नै खारेज हुने खतरा हुन्छ : रामचन्द्र पौडेल | Khabarhub Khabarhub

भदौमा महाधिवेशन नभए पार्टी नै खारेज हुने खतरा हुन्छ : रामचन्द्र पौडेल


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटो भन्द छिटो समाधान गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा गुरुराज घिमिरेद्वारा लिखित मृत्युसँगको साक्षात्कार कविता संग्रह विमोचन गर्दै नेता पौडेलले तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटो भन्द छिटो समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले भदौमा तय गरिएको महाधिवेशन हुन नसके पार्टी नै खारेज हुने खतरा रहेको भन्दै सबै संवेदनशील भएर महाधिवशेनमा केन्द्रित हुनुपर्ने धारणा राखे । पौडेलले केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन पनि छिटो भन्दा छिटो हुनुपर्ने बताए ।

उनले महाधिवेशन बाहेकका अन्य अधिवेशनलाई विधान र कानूनले फरक नपार्ने गरी संशोधन गर्न सकिने धारणा राखे ।

कार्यक्रममा कांग्रेस नेताहरुले अग्रजले देखाएको बाटोमा पार्टीलाई अघि बढाउनका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : २० बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल