कांग्रेस क्रियाशील सदस्यता ‘विवाद समाधानको प्रतिवेदन’ देउवालाई बुझाउने तयारी « Khabarhub

कांग्रेस क्रियाशील सदस्यता ‘विवाद समाधानको प्रतिवेदन’ देउवालाई बुझाउने तयारी


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानमा लागेका नेताहरुले आज सभापति शेरबहादुर देउबालाई प्रतिबेदन बुझाउने तयारी भएको छ ।

आइतबार नै प्रतिबेदन बुझाउने भनिए पनि केही विषयमा फेरि विवाद देखिएपछि अन्तिम समय प्रतिवेदन बुझाइएको थिएन ।   लगभग विवाद सबै मिलेकाले आज साँझसम्म सभापति देउबालाई प्रतिवेदन बुझाउने नेता रमेश लेखकले जानकारी दिए ।

क्रियाशील सदस्यता विवाद समाधानका लागि लेखकसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य मिनेन्द्र रिजाल खटिएका थिए ।

भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले आइतबार बेलुकी मात्रै विवाद टुंग्याएको जनाएका छन् ।

बारा, सप्तरीलगायत छ जिल्लासहित एक सय वडामा रहेको  क्रियाशील सदस्यताका विवाद सहमति टुंग्याइएको नेता रमेश लेखकले जानकारी दिए । क्रियाशील सदस्यता विवादकै कारण पटक/पटक सारिएको कांग्रेसको महाधिवेशन मंसिर ९-१३ गतेसम्म गर्ने तय भएको छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १० : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा