एक महिनामा १४२ जना मानवअधिकार उल्लंघनका घटनामा पीडित | Khabarhub Khabarhub

एक महिनामा १४२ जना मानवअधिकार उल्लंघनका घटनामा पीडित


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मानवअधिकार सम्बन्धी गैर सरकारी संस्था इन्सेकले एक महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा १४२ जना पीडित भएको जनाएको छ । इन्सेकका अनुसार साउन महिनामा १ सय ८ जना महिला र ३४ जना पुरुष गरी १ सय ४२ जना पीडित भएका हुन् ।

सोमबार साउन महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले २०७८ साउन महिनामा विभिन्न घटनामा परी राज्य पक्षबाट चार जना र अन्य पक्षाबाट १ सय ३८ जना पीडित भएका जनाएको हो ।‘ इन्सेकका अनुसार प्रदेश २ मा ४९, प्रदेश १ मा २५ जना, लुम्बिनी प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा १७ जना, कर्णाली प्रदेशमा १५, बागमती प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा ६ जना पीडित भएका छन् ।

साउन महिनामा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई वटा घटना भएका छन् ।

साउन महिनामा एक जना मानव अधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएका, जातीय विभेदका घटनामा तीन जना, पुरुषलाई गरिएको यौन दुर्व्यवहारको घटनामा एक जना पीडित भएको र १५ जना घाइते भएको इन्सेकले जनाएको छ ।

बालअधिकार उल्लंघनका घटनामा परी ५१ जना बालिका पीडित भएका छन् । अभिलेखित घटनाहरूमध्ये बलात्कारका घटनामा ३९ जना, यौन दुर्व्यवहारका घटनामा १० जना र बेचबिखनको घटनामा एक जना र बेचबिखन प्रयासको घटनामा एक जना पीडित भएका छन् ।

त्यसैगरी महिलाअधिकार उल्लंघनका घटनामा ३९ जना पीडित भएका छन् । विश्लेषणमा उल्लेख गरिए अनुसार बलात्कारका घटनामा २० जना, बलात्कार प्रयासका घटनामा पाँच जना, यौन दुर्व्यवहारका घटनामा तीन जना, जबरजस्ती यौन कार्यमा लगाएको घटनामा एक जना, एसिड प्रहारको घटनामा एक जना, बेचबिखन घटनामा चार जना ‘बोक्सी’ आरोपको घटनामा एक जना र घरेलु हिंसाका घटनामा तीन जना महिला पीडित भएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ३ : ४५ बजे

राज्य व्यवस्थासहित ६ वटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न ६ वटा समितिको बैठक

इन्टलिजेन्स रिपोर्ट बाहिरिएको समाचारपछि ट्रम्पका दूतले लगाए देश द्रोहको आरोप

वाशिङ्टन – इरानको आणविक केन्द्रमा भएको अमेरिकी बम आक्रमणको मूल्याङ्कनको

थाइल्याण्डका नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलले लिए सुझाव 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा क्रियाशील स्वास्थ्य

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान-इजरायल युद्धविरामपछि टर्किस राष्ट्रपतिले भेटे ट्रम्पलाई

हेग – टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले नेदरल्यान्ड्सको हेगमा भएको