पोखरामा बन्यो आकाशे पुल, बढ्यो जोखिम ! « Khabarhub

पोखरामा बन्यो आकाशे पुल, बढ्यो जोखिम !



पोखरा– पर्यटकीय नगरी पोखराको सिर्जना चोकमा पहिलो आकाशेपुल बनेको छ । मानिसको चाप बढ्दै गएको पोखरामा सडक दुर्घटना रोक्नकै लागि आकाशे पुल निर्माण गरिएको हो ।

बाटो पार गरी लेकसाइड, पृथ्बीचोक, राष्ट्र बैंक र सिद्धार्थचोकतर्फ चारैतिर जान मिल्ने गरी बनाइएको सिर्जना चोकको फलामे पुल पोखराबासीकै लागि आकर्षणको केन्द्र बनेको छ ।

कोरोना संक्रमणका कारण सुनसान बनेको पोखरामा केही दिनयता मानिसको चहलपहल बढ्दै गए पनि त्यतिधेरै चाप बढिसकेको छैन ।

सडकमा सवारी साधनहरु पनि बाक्लो गरी गुडेको देखिँदैनन् । तर भर्खरै निर्माण गरिएको पहिलो आकाशेपुल हेर्न आउनेको भीँड बढ्दै जाँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।

सडकको चार दिशातर्फ बाटो पार गर्न मिल्ने गरी निर्माण गरिएको यो आकाशे पुलमा पानी परेकोबेलासमेत ओत लाग्न मिल्ने गरी प्लाष्टिक टिनको छाना लगाइएको छ । आकाशे पुलबाट सडकको दृष्य आउने गरी तस्वीर खिचाउन र टिकटक बनाउनेहरुको निकै भीँड लाग्ने गरेको छ ।

पोखराकै पहिलो आकाशे पुल यतिबेला सर्वसाधारणको लागि आकर्षक बनेको छ । साँझको बेलामा यो पुलमा निकै भिँडभाड देख्न सकिन्छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा कायमै रहँदासमेत सर्वसाधारणको भीँड बढेपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भीँडभाड नगर्न सार्वजनिक अपिल नै जारी गरेको छ ।

कोरोनाले थलिएको पर्यटकीय नगरी पोखरामा सिर्जनाचोकको नवनिर्मित आकाशेपुलमा मात्र नभई फेवा पावरहाउस छेउको झरना, बेगनाशत तथा फेवाताल वरपर पनि मानिसहरुको अनावश्यक भीँड बढ्नै गएको छ ।

संक्रामक हुन सक्ने यस्ता ठाउँहरुमा नजान भन्दै निर्देशनालयले सामाजिक सञ्जालबाट सचेत गराएको छ । आकाशेपुल लगायतका ठाउँहरुमा अत्याधिक भीँड बढेको भन्दै निर्देशनालयको हटलाइन नम्बर तथा म्यासेन्जरमा गुनासो आएपछि निर्देशनालयले सचेत गराएको हो ।

पोखरा लेखनाथ महानगरपालिकाको दुई करोड १५ लाख रुपैँया लागतमा सिर्जनाचोकमा ‘स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज’ (आकाशे पुल) निर्माण गरिएको हो ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीकाअनुसार आकाशे पुल निर्माण गर्न पूर्व पर्यटनमन्त्री कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य स्वर्गीय रवीन्द्र अधिकारीको सांसद विकास कोषबाट पूर्वाधार विकास कार्यक्रममार्फत् रु. ५० लाख छुट्याइएको थियो ।

१५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ जेठ ५ गते पोखरा महानगरपालिकाले केएम जेबिएनएस पोखरा जेबीसँग सम्झौता गरेको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ८ : ०१ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा