कम्युनिष्टबाट हामीले संगठन र प्रचार गर्न सिक्नुपर्छ : डा. महत | Khabarhub Khabarhub

कम्युनिष्टबाट हामीले संगठन र प्रचार गर्न सिक्नुपर्छ : डा. महत


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डिबी गुरुङको रचना, संगीत तथा स्वर रहेको ‘आयौं हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । गीतमा गुरुङको साथै अर्जुन सुनाम र टिका पुनको पनि स्वर रहेको छ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा नेपाल सांस्कृतिक कलाकर्मी संघ राष्ट्रिय समितिले आयोजना गरेको ‘विमोचन समारोह–२०७८’ मार्फत काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भीष्मराज आङ्दाम्बे, प्रतिनिधिसभा सदस्य सुजाता परियारलगायतले गीतको भिडिओ विमोचन गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले उक्त गीतको सपलताको कामना गरेका छन् । उनले भने, ‘कलाकर्मी साथीहरुले यो गीत ल्याउनुभएको छ, यसमा मेरो शुभकामना छ । बास्तवमा गीत, संगीतमार्फत हुने सञ्चार शक्तिशाली हुन्छ । कम्युनिष्टहरुले धेरै अगाडिदेखि संगीतमार्फत भावना जनतामा पुर्याए । संगठन निर्माण गरे । यद्यपी उनीहरुको राजनीतकि व्यवहार भने उल्टो थियो । जनता सरल थिए । सोझा थिए, त्यसैले उनीहरुको कुरालाई केही समय त पत्याए ।’

डा.महतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बहुमतसहित सरकारमा आए पनि सरकारको नेतृत्व गरेको व्यक्तिले कामभन्दा बढि गफ गरेको स्मरण गराए । उनले भने, ‘त्यो सरकारबाट आश्वासनको पोका मात्रै बाँड्ने काम भयो । बोल्ने एउटा अनि गर्ने अर्कै गरे, त्यो मिथ्या रहेछ । जनतालाई झुकाउने काम मात्रै गरे । हामी काँग्रेस काम गर्छौं । तर, जनतामा यो पुग्दैन् । तर, कम्युनिष्टहरु भने हामीले गरेको भन्दै जनतामा पुग्छन् ।’

उनले भने, ‘हामीले त काम नै गरेको हो नि । जनताको सेवामा केन्द्रित भएर कांग्रेस समर्पित हुनुपर्छ । भाषणको जति प्रभाव हुन्छ, त्यो भन्दा पनि सयौं गुणा बढि प्रभाव गीत तथा संगीतको हुन्छ । अहिले काँग्रेको सरकारले यसअघिको सरकारले बिगारेको राजनीतिलाई सही ट्र्याकमा ल्याएको छ । हाम्रो यो सरकार आकाश र पातालको कुरा गर्दैन । बरु, जनताको आवश्यकत्ता प्राथमिकतमा केन्द्रित भएर काम गर्छौं । यही प्रण प्रधानमन्त्रीज्यूले गर्नुभएको छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडबाट देश र जनतालाई बचाउने भनेर सार्वजनिक रुपमै प्रतिबद्धता व्यक्त गरेको सुनाए । उनले भने, ‘उहाँले सबै जनतालाई खोप सुनिश्चित् गरेर संक्रमणबाट मुक्त गर्नुपर्छ भन्नुभएको छ । सामाजिक जीवन सहज बनाउने दायित्व हो । भ्रष्टाचारको न्यूनीकरण गर्ने हो । काँग्रेस फरक हो भनेर देखाउँछौं । संस्थागत भ्रष्टाचारको अन्त्य र व्यक्तिगत लोभलालच पनि गलत हो भनेर देखाउँछौं । साधन र स्रोतले भ्याएसम्म हामी काम गर्छौं ।’

काँग्रेसले कमयुनिष्टबाट सिक्ने दुई वटा कुरा भएको पनि उनले उल्लेख गरे । पहिलो कुरा भनेको संगठन निर्माण र अर्को प्रचार भएको उनको भनाइ छ । उनले भने, ‘हामीले कम्युनिष्टलेजस्तो झुठो प्रचार गर्न आवश्यक छैन् । तर, गरेको कामको प्रचार त गर्नुपर्यो नि !’

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : ४२ बजे

एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा बढ्दै सहयोग, रविको बचाउमा प्रचण्ड, जोडिँदै सुनकोशीमा बेलिब्रिज

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग नेपाली कांग्रेसले

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई

पन्ध्र लाख रुपैयाँमा भीम सार्कीलाई किन्यो काठमाण्डु गुर्खाजले

काठमाडौं- नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर

भेट्न आएका कतारका राजदूतलाई मेयर बालेनले दिए बुद्धको मूर्ति

काठमाडौं–काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विश्वकप फुटबल व्यवस्थापनमा