लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । सोमबार मुख्यमन्त्री केसीले प्रदेश सभामा विश्वासको मत दिइयोस भन्ने प्रस्ताव राखेका थिए ।

सो प्रस्तावको पक्षमा ४२ मत प्राप्त भएको छ । हाल ८० सदस्यीय कायम रहेका प्रदेश सभामा उनले पाएको मत स्पष्ट बहुमत हो । सोमबार बैठकमा ४३ जना उपस्थित थिए ।

यस्तै प्रस्तावको विपक्षमा १ मत पर्‍यो । एमालेले बहिस्कार गरेको प्रदेश सभामा मुख्यमन्त्री केसीले राखेको प्रस्तावमा मतदान भएको हो ।

माओवादी नेता केसी काँग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमाले नेतासमेत रहेका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले अल्मतमा परेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि केसी गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए ।

एमालेले भने प्रदेश सभा बैठकमा लगातार अवरोध गरेको थियो । सांसद विमला वली र अजय शाहीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै एमालेले बैठकमा अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : १५ बजे

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित

राज्यले नागरिकको विश्वास कसरी जित्ने ?

नेपालको राजनीतिक इतिहासमा जनआन्दोलन वा व्यापक नागरिक आन्दोलनपछि गठन भएका

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा

अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो

धनगढी– धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य