प्रदेश १ मा ४२१ मा कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

प्रदेश १ मा ४२१ मा कोरोना संक्रमित थपिए


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, सङ्खुवासभामा पाँच, उदयपुरमा दुई, पाँचथर र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३१२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १५७ महिला र १५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच महिलासहित १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : ०१ बजे

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

खाँदबारी– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

भक्तपुर– सूर्यविनायक नगरपालिका-६ बस्ने नारायण कृष्ण तोयानाको घरमा विद्युत् सर्ट भई आइतबार

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा

पोखरीमा डुबेर दुई वर्षीय बालिकाको मृत्यु

सुनसरी– धरान उपमहानगरपालिका-१९ दीपेन्द्र मार्ग बस्ने बुद्धि बहादुर तामाङकी छोरी दुई