कर्णालीमा लगानी गर्न निजी क्षेत्रलाई मुख्यमन्त्री शाहीको आग्रह « Khabarhub

कर्णालीमा लगानी गर्न निजी क्षेत्रलाई मुख्यमन्त्री शाहीको आग्रह


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र परिवर्तनका लागि निजी क्षेत्रको लगानी गर्न आग्रह गरेका छन् ।

कालीकोटमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीको विकासका लागि निजी क्षेत्रको लगानी भित्र्याउन आवश्यक रहेको बताए ।

निजी क्षेत्रलाई आकर्षित गर्नेतर्फ प्रदेश सरकार कटिबद्ध रहेको र त्यसका लागि निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

“कर्णालीमा लगानी गर्ने क्षेत्र धेरै छ, यो लगानीका लागि भर्जिन क्षेत्र हो”, उनले भने, “त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले आ–आफ्नो ठाउँबाट पहल चाल्नुपर्दछ ।”

कालीकोट पर्यटकीय क्षेत्रका हिसाबले नेपालको सबैभन्दा अग्लो पचाल झरनाको बेस क्याम्पमा निर्माण गरिएको घरबास, शान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा अवस्थित सुथराली विमानस्थल, गौरवको आयोजनाका रुपमा हेरिएको उहाँले जानकारी दिए ।

कोटवाडा मान्म केबलकारको सम्भाव्यताको अध्ययन गरिएको र त्यसका लागि निजी क्षेत्रले लगानीबाट वातावरण बनाइने मुख्यमन्त्री शाहीले बताए ।

कर्णालीमा जलविद्युत्को उत्तिकै सम्भवना रहेकाले अहिले ४१० मेगावाटको फुकोट कर्णाली अर्धजलासययुक्त आयोजना बन्न लागेको र त्यसको काम धेरै अगाडि बढेको उनले जानकारी दिए ।

“फुकोटको लगानीको मोडेल एक प्रकारले सहमति भइरहेको छ, निर्माणको काम पनि अगाडि बढेको छ”, उनले भने, “स्थानीयवासीलाई शेयर दिने विषयमा पनि छलफल भइरहेको छ, यो आयोजनाले रोजगारीसमेत दिनेछ ।”

कर्णाली विकासका लागि सबैले आफ्नो आफ्नो ठाउँबाट जुट्न जरुरी रहेको मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै