मान अपमान : प्रेरक प्रसङ्ग « Khabarhub

मान अपमान : प्रेरक प्रसङ्ग


७ आश्विन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै पहिलाको कुरा हो । बंकीमको नियुक्ति मेजिस्ट्रेटको पदमा यशोहर नामक स्थानमा भएको थियो । एक दिन उनी आफ्नो पाल्कीमा बसेर कतै गइरहेका थिए । बाटोमा पाल्की एउटा पार्कको बाटो भएर गयो । पार्कमा केही अँग्रेजी अधिकारी क्रिकेट खेलिरहेका थिए ।

कुनै भारतीयलाई पाल्की पार्कमा देखेर एउटा अँग्रेजलाई रिस उठ्यो । उसले पाल्कीमा लात्तले हान्यो । स्वाभिमानी बंकीम यो घटनाले क्रोधित भए । उनी पाल्कीबाट ओर्लिएर लात्तले हान्ने अँग्रेज अधिकारीतिर अगाडि बढे । तर उनले आफ्नो रिस शान्त पार्नुपर्‍यो । लात्तले हान्ने त्यो मानिस उनकै एक अधिकारी ब्रेनविज थियो । बंकीम चुपचाप घर आए । तर उनले आफ्नो अपमान बिर्सन सकेनन् ।

अर्को दिन उनले ब्रेनविजमाथि मानहानीको मुद्दा दायर गरे । विभागका अनेकौँ अधिकारीले मुद्दा फिर्ता लिनको लागि भने । मुद्दा फिर्ता नलिएमा नोकरीबाट निकालिने धम्की समेत दिए, तर बंकीमले मानेनन् ।

अन्त्यमा ब्रेनविजले अदालतमा बंकीमसँग क्षमा माग्नुपर्यो । यस्ता थिए बंकीमचन्द्र चट्टोपाध्याय । उनी आफ्नो जीवनकालमा कसैको अगाडि झुकेनन् र कसैको अपमान सहेनन् ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ५ : २५ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व