दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा « Khabarhub

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

दुबइमा बुधबार राति भएको खेलमा दिल्लीले ले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोड्दा ऋषव पन्तले अविजित ३५ रन बनाए । शिखर धवन ४२ तथा पृथ्वी शले ११ रनमा आउट भए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो ।

हैदरावादका अब्दुल समादले २८ तथा राशिद खानले २२ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिए ।

जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । हैदरावादले ८ खेलमा २ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ५ : ५५ बजे

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल

सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप

सुनसरी– सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का