सत्तारुढ गठबन्धनमा मन्त्री छान्न सकस, आज पनि बैठक | Khabarhub Khabarhub

सत्तारुढ गठबन्धनमा मन्त्री छान्न सकस, आज पनि बैठक


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकार गठनको ७० दिन नाघिसक्दासमेत शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

गठबन्धनमा आवद्ध नेताहरुका अनुसार कति मन्त्रालयले कसले पाउने भन्नेमा मोटामोटी सहमति भए पनि कुन  मन्त्रालय कसले लिने भन्नेमा अझै सहमित जुटेको छैन । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको मतान्तरले पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको  स्रोतले जनाएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज वा प्रतिस्थापन नभइ सरकारमा नजाने बताउँदै आएका छन् । अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार भए गठबन्धन नै टुट्न सक्ने चेतावनी उनले दिँदै आएको निकट स्रोतले जनाएको छ ।

सोही अध्यादेशबाट विभाजित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन मुद्दा छिनोफानो नभएसम्म अध्यादेश खारेजी वा प्रतिस्थापन गर्न नहुने पक्षमा छ ।

माओवादी केन्द्र भने कांग्रेस र माओवादीलाई समेटेर भए पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने पक्षमा पुगेको छ । बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारको संसद् बैठकमा दल प्रतिस्थापन  विधेयक आउने र लगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने ब्रिफिङ पार्टी बैठकमा गरेका थिए । तर त्यसबारे अन्य गठबन्धनमा रहेका दलहरुले जानकारी नभएको बताएका छन् ।

सरकार विस्तारलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला गठबन्धनमा रहेका दलहरु बैठकमा जुटेका छन् । तर सहमति भइनसकेको बताउँदै आएका छन् । यसअघि बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि कुनै निस्कर्ष निकाल्न सकेको थिएन । आज (बिहीबार) अपराह्न पनि बैठक बस्ने भएको छ ।

बुधबारको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी थिए ।

गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषदमा हालसम्म कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री सहभागी छन्। कोरोना महामारीमासमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रीबिहीन भएपछि देउवाले आफू नियुक्त भएको करिव २ सातापछि व्यवसायीसमेत रहेका उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए।

त्यसको सर्वत्र आलोचना खेपेका प्रधानमन्त्री देउवाले बुधबारमात्रै आफूनिकट नेता डा. नारायण खण्डालाई परराष्ट्रमन्त्री बनाएका छन्। जसका कारण पार्टीभित्रसमेत चर्को असन्तुष्टि बढेको छ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ७ : ०१ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम