अफगानिस्तनमा उइगर नभएको चीनलाई तालिबानको आश्वासन « Khabarhub

अफगानिस्तनमा उइगर नभएको चीनलाई तालिबानको आश्वासन


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आतंकवादी समूह तालिबानले अफगानिस्तानमो कब्जा गरेपछि अफगानिस्तानमा रहेको विदेशी नागरिकहरूलाई विभिन्न मुलुकहरूले फिर्ता लैजाने क्रम शुरु गरेका थिए।

यसरी विभिन्न मुलुकहरूले अफगानिस्तानबाट आफ्नो नागरिक फिर्ता लगेसँगै अफगानिस्तानमा निर्वासित जीवन बाँचिरहेका उइगरहरूलाई फिर्ता बोलाउने चिन्ता बढेको थियो। चीनमा प्रायः निर्वासनमा रहेका उइघुर कार्यकर्ताहरूलाई पूर्वी तुर्कस्तान इस्लामिक आन्दोलन (ईटीआईएम)को सदस्यको रुपमा चिनाउँछ।

चीनले उइगर स्वायत्त क्षेत्र सिन्जियाङमा रहेको उइगरहरूलाई चीनले हिरासतमा राखेर यातना दिने गरेको छ। चीनले उइगरहरूलाई नियन्त्रणमा राखेर जबरजस्ती श्रममा लगाउने, बलात्कार गर्ने, कुटपिट गर्ने, सुँगुरको मासु खान बाध्य पार्नेलगायतका गतिविधिहरू गरिरहेको छ।

चीनको उक्त व्यवहारका कारण कयौं उइगरहरू बेपत्ता भएको छन्। तालिवानको कब्जापछि अफगानिस्तानमा रहेको उइगहरू पनि सुपुर्दगीको त्रासमा रहेका थिए। तर, अफगानिस्तानमा उइगरहरू नभएको तालिबानी प्रवक्ताले बताएका छन्।

रेडियो फ्री एशियाले एक तालिबानको हवाला दिँदै रिपोर्ट गरेको छ, चीनले आफ्नो सुदूरपश्चिमी सिनजियाङ क्षेत्रमा मुस्लिम जातीय अल्पसंख्यकमाथि बढ्दो कठोर शासनको औचित्यको रूपमा प्रयोग गर्दै तालिबानले उइगरहरू नभएको बताएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ११ : ३८ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा