जोरपाटी–सुन्दरीजल सडकखण्डको हरिबिजोग ! « Khabarhub

जोरपाटी–सुन्दरीजल सडकखण्डको हरिबिजोग !

आयोजना भन्छ : चैत्रसम्म सडक चिटिक्क हुन्छ



काठमाडौँ – राजधानीका अधिकांश सडकहरु खाल्डाखुल्डीले भरिएका छन् । वर्षा लाग्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडकको नियती नै बनेको छ ।

पैदल यात्री र राजधानीवासीले सरकारसँग धुलो र हिलो नियन्त्रणका लागि माग गरेको वर्षौं बित्यो तर न धुलो हट्यो, न हिलो ।

जोरपाटी—सुन्दरीजल सडकखण्ड देशको केन्द्रीय राजधानीको सडक हो भन्दा लाज लाग्ने अवस्थामा छ । कालोपत्रे थोरै, खाल्डाखुल्डी धेरै भएको सडक हो यो ।

जोरपाटी–सुन्दरीजल खण्डको सडक सात किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य सुरु भएको ६ वर्ष भयो ।

काठमाडौ सडक विस्तार आयोजनाद्वारा निर्माण गरिने उक्त सडक आयोजना समयमै निर्माण नहुँदा स्थानियवासीले सास्ती बेहोर्नु परेको छ ।
पानी परे हिलाम्मे, घाम लागे धुलाम्मे, यो सडकको कारणले स्थानीयको स्वास्थ्य अवस्था र दैनिक जनजीवनमा गम्भीर प्रभाव पारेको स्थानीयवासीको गुनासो छ ।

अहिले पानी परेको बेला सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिम उत्तिकै छ । जताततै खाल्डाखुल्डीमा जमेको पानीले पैदल यात्रुलाई सडक पार गर्न मुस्किल छ ।

विगतमा विविध प्राविधिक कारणले सडक निर्माण ढिलाइ भए पनि पछिल्लो समय निर्माण कम्पनी, विद्युत प्राधिकरण र स्थानीय सरकारका कारणले यस्तो भएको स्थानीयहरु बताउँछन् ।

आयोजनाले २२ मिटरको सडक विस्तार गर्न थालेपछि स्थानीयले मुआब्जा र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए । उनीहरुले सर्वोच्चमा मुद्दासमेत हालेका थिए । त्यसपछि सर्वोच्चले स्थानीयलाई क्षतिपूर्ति नदिएर आयोजना अगाडि नबढाउन आदेश गरेको थियो । तर सम्बन्धित पक्षले क्षतिपूर्ति नदिएपछि आयोजना थप प्रभावित भयो ।

गोकर्णेश्वर नगरपालिकाको समन्वयमा सडक १४ मिटरमा विस्तार गर्ने, स्थानीयका कुनै पनि भौतिक संरचनाहरु नभत्काउने जस्ता सहमति भएपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । तर वर्षा, निषेधाज्ञा अनेक कारण देखाउँदै हालसम्म पनि काम पुरा गरेको छैन ।

नगरपालिका र सडक संर्घष समितिले सहमति गरे पनि कामको गति भने अपेक्षा अनुसार अगाडि बढेको छैन ।

करिब ८५ करोडको लागतमा बन्न लागेको उक्त सडक आयोजना समयमै सम्पन्न हुन सकेन । स्थानीय प्रल्हाद भण्डारीका अनुसार निर्माण कम्पनीको सम्झौता सकिए पनि पटक पटक थप भएको छ ।

‘अहिले सडक अस्तब्यस्त छ, ढलको उचित व्यवस्थापन छैन, पानी छताछुल्ल छ यसमा सम्बन्धित पक्ष संवेदनशील हुनुपर्छ’, भण्डारी भन्छन् ।
ठेक्का पाएको निर्माण कम्पनी आशिष सीएम जेभी कम्पनीका एक प्रतिनिधिले लफडाका कारण आफूहरुले एक वर्ष मात्रै काम गर्न पाएको बताए ।

अहिले पनि काम गर्न चुनौति छ, विद्युत प्राधिकरण र दुरसञ्चारले पोलहरु हटाउन ढिला गरेपछि काममा अवरोध भएको छ । तर पनि काम भइरहेको कम्पनीको दावी छ ।

‘अहिले वर्षातको कारणले कालोपत्रे नगरिएको हो, अब पानी रोकिने बित्तिकै हामी कामलाई गति दिने छौ’, कम्पनीका एक प्रतिनिधिले भने ।

चैत्रसम्म सबै काम सकिन्छ : सडक विस्तार आयोजना

७ किलोमिटर कालोपत्रे गर्नुुपर्ने उक्त सडकमा हालसम्म ३ हजार २ सय मिटर सडक कालोपत्रे भएको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

आयोनाका प्रमुख गुरु प्रसाद अधिकारीकाअनुसार घर भत्काउने, जग्गा लिने सबै काम लगभग भएको छ ।

यसअघि मन्त्रिपरिषदको निणर्यले जति उपलब्ध जग्गा छ त्यति कालोपत्रे गर्नु भनेकाले अब मनसुन निष्क्रिय हुनासाथ काम अघि बढ्ने अधिकारीले बताए । ठेकेदारको अन्तिम म्याद चैत्रसम्म रहेको छ ।

‘वर्षा रोकिनासाथ कालोपत्रेको काम सुरु हुन्छ’ उनले खबरहबसँग भने, ‘चैत्तसम्म रंगरोगन, ढल निकास र पर्खाल लगाउने लगायतको काम सकिन्छ ।’

आर्थिक वर्ष २०७१–०७२ बाट सडक विस्तारको काम सुरु भएको आयोजनामा हालसम्म ३० करोड रकम खर्च भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  १ : २९ बजे

विराटनगरमा अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न

विराटनगर– विराटनगर महानगरपालिकाको आयोजनामा आधारभूत तहका विद्यार्थीलाई लक्षित गर्दै अन्तरविद्यालय

नेपाली टोली मैदानमा उत्रिनुअघि फ्यानहरूको उत्साह (तस्बिरहरू)

काठमाडौं- टी-२० क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल हेर्न नेपाली समर्थकहरू वानखेडे

इंग्लाण्डसँग खेल्नुअघि नेपाली टोलीको वार्मअप (तस्बिरहरू)

काठमाडौं– तेस्रो पटक आईसीसी विश्वकप खेलिरहेको नेपालले आज आफ्नो पहिलो

इङग्ल्याण्डले टस जितेपछि नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौं– आईसीसी टी २० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले

कांग्रेसको चुनावी नीति : क्रियाशील सदस्यले आफ्नो वडा छोडेर अन्यत्र जान नपाइने

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीसम्बद्ध नेता कार्यकर्ताहरूलाई