नेकपा एसले जबजलाई आत्मसात गर्ने « Khabarhub

नेकपा एसले जबजलाई आत्मसात गर्ने


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जबजलाई आत्मसात गरेर अगाडि बढ्ने बताए ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी निकट युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जबजको मूल्य र मान्यताको रक्षा गर्न चाहेको बताए । उनले उनले भने, ‘विश्वका विभिन्न देशहरुमा कम्युनिष्ट पार्टीहरुमा एकसे एक नेताहरुको उदय भएको छ । र उनीहरुको महत्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिष्ट आन्दोलन निरन्तर रुपमा अगाडि बढेको छ ।’

जबज नेकपा एमालेको मार्गदर्शक सिद्धान्त हो । अब यो राजनीतिक कार्यक्रमलाई आत्मसात गर्ने दलको संख्या दुई हुने भएको छ । नेकपा एमालेबाट विभाजन भएको नेकपा एसको सांगठनिक संरचना पनि नेकपा एमालेकै ढाँचामा हुने देखिएको छ । तर, अध्यक्ष नेपालले आफ्नो पार्टीमा युवाहरुलाई उचित स्थान हुने बताउँदै आएका छन् ।

नेकपा एसले बिहीबार नै पार्टीको पदाधिकारी टुङ्ग्याउँदै छ । ५ उपाध्यक्ष, १ महासचिब, ३ उपमहासचिब र ४ सचिवको पदाधिकारी बनाउने स्थायी कमिटीले निर्णय गरिसकेको नेताहरुले जानकारी दिएका छन् । बिहीबार नै केन्द्रीय कमिटी बैठकले पदाधिकारी घोषणा गर्नेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  २ : १७ बजे

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश