रसुवाको उत्तरी भेगमा हिमपात « Khabarhub

रसुवाको उत्तरी भेगमा हिमपात


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ । लाङ्टाङ, गोसाइँकुण्ड, नाकथली, पाङसाङ, हाकुडाडा, यार्सा भञ्ज्याङलगायत उच्च हिमाली क्षेत्रमा आज बिहानदेखि हिमपात हुन थालेको हो ।

लाङ्टाङ क्षेत्रमा करिब एक इञ्च हिउँ जमेको छ भने घोडातबेलासम्म हिमपात आइसकेको स्थानीयले बताएका छन् । राम्चेभन्दा माथिल्लो क्षेत्रमा चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित बन्न थालेको छ ।

लाङ्टाङका आधिकांश स्थानीय काठमाडौँ गएकाले अहिलेको हिमपातले लाङटाङ बस्तीमा असर नगरेको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ढिण्डुप तामाङले जानकारी दिए । 

यसैबीच, हिमपात र चिसोको असरले स्वास्थ्य समस्या बढ्नसक्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष सतर्कता अपनाउन रसुवा जिल्ला अस्पतालले आग्रह गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अमितकुमार शाहले न्यानो लुगा लगाइदिने, तातो तथा पोषिलो झोलिलो खानेकुरा खुवाउने र धुवाँको असर नपर्ने न्यानो स्थानमा राख्न समुदायलाई अनुरोध गरे।

हाल हल्का रूपमा परिरहेको पानी क्रमशः बढ्दै जाने सम्भावना रहेकाले जमिन भिज्न गई खेतबारीमा चिसोपन बढ्ने र यसले हिउँदे बालीबाट आउने कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने किसान याकबहादुर लिम्बूले आशा व्यक्त गरे। हिमपातसँगै रसुवाको उत्तरी भेगमा चिसो बढे पनि यसले पर्यटन र कृषि क्षेत्रमा दीर्घकालीन रूपमा सकारात्मक वातावरण बनाउने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ४ : ११ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार