नेकपा एसमा ७ उपाध्यक्ष, ३०१ सदस्यीय केन्द्रीय कमिटी « Khabarhub

नेकपा एसमा ७ उपाध्यक्ष, ३०१ सदस्यीय केन्द्रीय कमिटी


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले सात उपाध्यक्षसहित पदाधिकारीहरू चयन गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता मुकुन्द न्यौपानेपछि उपाध्यक्षको बरीयता रहेको छ । उपाध्यक्षहरूमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई रहेका छन् ।

त्यस्तै पार्टीको महासचिवमा डा. वेदुराम भुसाललाई चयन भएका छन् । उपमहासचिवमा प्रकाश ज्वाला, गंगाधर तुलाधर र विजय पौडेल चयन भएका छन् । यस्तै सचिवमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन भएका छन् । बैठकले ३५ सदस्यीय स्थायी कमिटी गठन गरेको प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए । उनका अनुसार ७१ सदस्यीय पोलिट ब्यूरो र पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

त्यस्तै केन्द्रीय सदस्यहरूलाई सम्पूर्ण प्रदेश तथा जिल्लामा इन्चार्जहरूको जिम्मेवारी प्रदान गरिएको उनले बताए । बैठकबाट ‘तात्कालिक कार्ययोजना–२०७८’ पारित गरिएको खतिवडाले जानकारी दिए । बैठकले समसामयिक प्रस्तावहरू पारित गरेको छ । जसमा कोरोना नियन्त्रण र खोपका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने, चाडवाडका वेला हुनसक्ने कालाबजारी रोक्नुपर्ने लगायत छन् ।

त्यस्तै एमसीसीको अहिलेको अवस्थामा मुलुकको हित विपरीत रहेको भन्दै यसलाई यथास्थितिमा अघि बढाउन नहुने निष्कर्ष बैठकको रहेको खतिवडाले जानकारी दिए ।

त्यसअघि बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात् गर्न चाहेको धारणा राखेका थिए । उनले एमाले कब्जा गरेर बसेका व्यक्तिहरूले भ्रम फैलाउने र बदनाम गर्ने प्रयास गरिरहेको भन्दै आफुहरू विचलित नहुने बताए । उनले जनताको विश्वासमा घात नगर्ने पनि स्पष्ट पारे । नेपालले मन्त्रिमण्डललाई पूर्णता दिन ढिलाइ भएको र छिटै यसले पूर्णता पाउने बताए ।

नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ, जसमा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना, केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत प्रतिनिधित्व हुने गरी ७०१ सदस्यीय हुने बताइएको छ । पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने र ती आयोगहरू बढीमा ३५ सदस्यीय हुने जनाइाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ४ : ०६ बजे

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै