तत्काल उचित निकास दिन तरुण दलको आग्रह « Khabarhub

तत्काल उचित निकास दिन तरुण दलको आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा र विनाशका घटनाबारे गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, अमनचयन र सार्वजनिक सम्पतिको सुरक्षा सुनिश्चित गर्दै उचित निकास दिन सरोकारवालासँग आग्रह गरेको छ।

तरुण दलका अध्यक्ष फेस्ट विद्वान गुरुङको नेतृत्वमा जारी विज्ञप्तिमा भदौ २४ गते भएका घटनामा विद्यार्थी, युवाहरू र सुरक्षाकर्मीको मृत्युप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै घाइते पत्रकार, प्रहरी, विद्यार्थी र युवाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “अदरणीय शेरबहादुर देउवा र डा. आरजु राणाज्यूको निवासमा साङ्घातिक आक्रमण हुनु नियोजित हत्याको प्रयास हो। उहाँहरूको रक्षार्थ अग्रपंक्तिमा उभिएर सुरक्षित स्थानमा पुर्याएर उपचारमा सहयोग गर्ने हृदययुक्त योद्धाहरूलाई नेपाल तरुण दलले हार्दिक सम्मान गर्दछ।”

पत्रमा आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका महत्वपूर्ण संरचनाको क्षतिले देशको सुरक्षा र अर्थव्यवस्थामा गम्भीर असर परेको उल्लेख छ। यस परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र संविधानको मर्म र भावनालाई आत्मसात गर्दै देशलाई निकास दिन आवश्यक भएको विज्ञप्तिमा जोड दिइएको छ।

नेपाल तरुण दलले देशभरका तरुणहरूलाई “सर्वोच्चता, अखण्डता र सामाजिक एकताको रक्षार्थ एकताको सूत्रमा बाधिनु जरूरी” भएको बताउँदै लोकतन्त्रको मूल्य र सार्वजनिक सम्पतिको संरक्षण सुनिश्चित गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : २९ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा