पार्टी कब्जा गर्न संस्थापन पक्षबाट भएको गुण्डागर्दीको सामना गर्छौँ : नेता कोइराला (भिडियोसहित) « Khabarhub

पार्टी कब्जा गर्न संस्थापन पक्षबाट भएको गुण्डागर्दीको सामना गर्छौँ : नेता कोइराला (भिडियोसहित)


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी कब्जा गर्न संस्थापन पक्षबाट भएका गुण्डागर्दी शैलीको सामना गर्ने बताएका छन् ।

प्रदेश–२ का मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोमाथि कुटपिट गरेको विरोधमा कांग्रेस केन्द्रीय कार्यलयमा आयोजित धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै नेता कोइरालाले सो कुरा बताएका हुन् ।

महाधिवेशनको समयमा संस्थापन पक्ष पार्टी कब्जा गर्ने अभियानमा जुटेको तथा गुन्डागर्दी शैलीमा उत्रिएको उनले आरोप लगाए । मन्त्री सिंहले वडाध्यक्ष साहमाथि हातपात गरेको विषयमा डा.कोइरालाले भने, ‘संस्थापन पक्षले गरेका हर्कतलाई सहन सकिदैन् । हामी यो गुन्डागर्दीको खुलेर विरोध र सामना गर्छौँ ।’

नेता कोइरालाले जुझारू कार्यकर्तालाई विचलित बनाउन गुन्डा र प्रशासन लगाएर आक्रमण गरिएको उलने दाबी गरे ।

हेरौँ भिडियो

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ४ : २९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा