सत्ता गठबन्धनलाई ओलीको चुनौती : मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने एमालेसँग लड्न धाक दिने ? « Khabarhub

सत्ता गठबन्धनलाई ओलीको चुनौती : मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने एमालेसँग लड्न धाक दिने ?


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग एमालेसँग लड्ने क्षमता नभएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेकपा एमाले विशेष कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रिपरिषद् विस्तार गर्न नसक्नेले एमालेसँग लड्ने धाक दिने भन्दै प्रश्न गरे । उनले भने, ‘मन्त्रिमण्डल बनाउनु छैन, एमालेसँग लड्ने ? मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने ? एमाले जस्तो मजुबत पार्टीसँग लड्ने ?’

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बिहीबार ७४ दिन पुगेको छ तर हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । यही विषयलाई लिएर ओलीले सत्ता गठबन्धनप्रति टिप्पणी गरेका हुन् ।

उनले सत्तारुढ गठबन्धनका दलहरुबीच आपसी एकतासमेत नभएको भन्दै एमालेसँग लड्न एकता हुन गठबन्धनलाई चुनौती दिए । उनले भने, ‘कम्तिमा मिलेर त आउनुहोस् ।’

एमाले विभाजन र सत्ताबाट हट्नुपरेको दुःख भोगिरहेका ओलीले पछिल्ला दिनहरुमा एमाले विभाजन गरेर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा सरकारमाथि लगातार आक्रोश पोखिरहेका छन् । उनको आक्रोश बिहीबार पनि जारी रह्यो । उनले सम्बोधनका क्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति निकै आक्रोशित भएर टिप्पणी गरे ।

एकीकृत समाजवादीले बिहीबारमात्र ७ जना उपाध्यक्ष बनाएको विषयलाई पनि व्यङ्ग्य गर्दै ओलीले ‘सातजनालाई नगद उपाध्यक्ष’ बनाइएको टिप्पणी गरे । उनले सानो चोइटिएर गएको पार्टीको नाम एकीकृत भन्दै व्यङ्ग्य गरे ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ५ : ४५ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को