राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ (बजेट) प्रमाणीकरण गरेकी छन् । संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले विधेयक बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विनियोजन विधेयक २०७८ बिहीबारमात्र राष्ट्रियसभाबाट पारित भएको थियो । राष्ट्रियसभाबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि संसद शीतल निवास पठाएको थियो । यो विधयेक प्रमाणीकरण भएसँगै बजेट सटडाउनमा रहेको सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । गत भदौ ३० गतेसम्म बजेट अध्यादेश पारित भइसक्नुपर्नेमा पारित हुन नसकेपछि त्यसयता सरकार बजेटबिहीन बनेको थियो ।

तत्कालीन ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सो विधेयक पारित हुन समय लागेपछि सरकार बजेटबिहीनको अवस्थामा पुगेको थियो ।

बजेटको मुल विधेयक प्रमाणीकण भए पनि बजेटसम्बन्धी थप दुई विधयेक भने बिहीबारमात्र प्रतिनिधिसभाबाट पारित भएका छन् । अब ती दुबै विधेयक शुक्रबार राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ६ : २१ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको