राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ (बजेट) प्रमाणीकरण गरेकी छन् । संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपति भण्डारीले विधेयक बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विनियोजन विधेयक २०७८ बिहीबारमात्र राष्ट्रियसभाबाट पारित भएको थियो । राष्ट्रियसभाबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि संसद शीतल निवास पठाएको थियो । यो विधयेक प्रमाणीकरण भएसँगै बजेट सटडाउनमा रहेको सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । गत भदौ ३० गतेसम्म बजेट अध्यादेश पारित भइसक्नुपर्नेमा पारित हुन नसकेपछि त्यसयता सरकार बजेटबिहीन बनेको थियो ।

तत्कालीन ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सो विधेयक पारित हुन समय लागेपछि सरकार बजेटबिहीनको अवस्थामा पुगेको थियो ।

बजेटको मुल विधेयक प्रमाणीकण भए पनि बजेटसम्बन्धी थप दुई विधयेक भने बिहीबारमात्र प्रतिनिधिसभाबाट पारित भएका छन् । अब ती दुबै विधेयक शुक्रबार राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ६ : २१ बजे

कञ्चनपुरमा मृत भेटिए दम्पती

कञ्चनपुर – लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र

प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन, ८ वटाले गरे किस्ताबन्दीमा बिल बुझाउने सम्झौता

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणले शुक्रबार बिहानसम्म ३४ उद्योगको लाइन

डेङ्गी नियन्त्रण प्रयास : आज सरसफाइ अभियान

काठमाडौं– सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय

सत्ता समीकरण दलहरूको बैठक बस्दै

काठमाडौं – आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ

‘पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण’ 

धुलिखेल – नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक