‘हामी जितका लागि खेल्नेछौँ’ « Khabarhub

‘हामी जितका लागि खेल्नेछौँ’


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको एभरेष्ट प्रिमियर लिगको यो संस्करणमा आफूले बलियो दाबेदारी प्रस्तुत गर्ने पोखरा राइनोजले जनाएको छ ।

राइनोजद्वारा बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टिम म्यानेजर दिपासिंह अग्रवालले यसपटक राइनोजको टिम बलियो भएको दावी गरिन् । ‘यसपटक टिम मजबुत पार्न हामीले अक्सनदेखि नै ध्यान पुर्‍याएका छौं, टिममा अलराउण्डर खेलाडीको बर्चस्व छ’, उनले भनिन् ।

‘यसपटक हाम्रो लक्ष्य जित हो, तर खेलको नतिजा जता पनि जान सक्छ, यद्यपी राइनोजका सबै खेल रोमाञ्चक हुने आशा लिएकी छु’, टिम ओनर समेत रहेकी अग्रवालले बताइन् । उनले राइनोजले सुन्दर सहर पोखरालाई छातीमा टासेर मैदान उत्रन लागेको बताउँदै पोखरेलीहरुको साथ र माया पाउने अपेक्षा रहेको टिप्पणी गरिन् ।

जम्प नेशनको स्वामित्वमा रहेको राइनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको छ । जस अन्तर्गत उसले विगतको प्रस्तुतीलाई अध्यन गर्दै यस प्रतियोगिताका लागि मुख्य प्रशिक्षक, बलिङ्ग प्रशिक्षक र फिल्डिङ्ग प्रशिक्षकलाई चयन गरेर सुखद् नतिजा निकाल्ने अभियानमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल, टिम क्याप्टेन बिनोद भण्डारी, बलिङ्ग कोच शक्ति गौचन, फिल्डिङ्ग कोच रिजन प्रजु लगायतले यसपटक राइनोजको टिम चौतर्फी रुपमा सन्तुलित भएको बताए ।

राइनोजले नेपाली मार्की खेलाडी राष्ट्रिय टोलीका विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ । जसमा दक्षिण अफ्रिकाका रिचार्ड लेभी जसले विश्व कपमा प्रदर्शन गरिसकेका छन् । यस्तै वेष्ट ईन्डिजका केसरिक विलियम्स, श्रीलङ्काका असेला गुणरत्ने र साहान अरचसिंगेलाई टिममा समावेस गरेको छ । पत्रकार सम्मेलनमा विदेशी खेलाडीहरुले राइनोजमा आवद्ध भएर नेपालमा प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लागेको बताएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ९ : ०१ बजे

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल

सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप

सुनसरी– सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का