वर्षा पीडित किसानलाई क्षतिपूर्ति दिन सरकारसँग माग « Khabarhub

वर्षा पीडित किसानलाई क्षतिपूर्ति दिन सरकारसँग माग


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुशील कोइराला मेमोरियल फाउन्डेसनले बेमौसमी वर्षा पीडित किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

कृषि प्रधान देश नेपालमा असोज ३१ गतेदेखि सुरु भएको बेमौसमी वर्षाका कारण धेरै जिल्लामा गएको बाढी पहिरो र डुबानले हजारौँ हेक्टर जमिनमा लगाएको धान बाली नष्ट भएकामा फाउन्डेसनले दुःख व्यक्त गरेको छ ।

फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले जारी गरेको विज्ञप्तिमा सयौँको ज्यान जाने गरी भएको यो प्राकृतिक प्रकोपबाट पीडित भएकालाई उचित क्षतिपूर्तिको व्यवस्था गरी राहत एवं पुनःस्थापनाको कामसमेत छिटो गर्न सरकारसँग माग गरेको छ ।

बेमौसमी वर्षाले हजारौँ हेक्टर जमिनमा लगाइएको धान बाली नष्ट भएकाले कृषि क्षेत्रको क्षतिको मूल्याङ्कन गर्न पनि फाउन्डेसनले ध्यानाकर्षण गराएको छ । भित्र्याउने बेलाको अन्न खेतबाटै नाश हुँदा वर्षभर काम गरेका किसान महान् पर्व बडादसैँ मनाइरहेका बेला दुःखी बनेका छन् ।

बाढी पहिरोले भौतिक संरचनालगायतमा पनि ठूलो क्षति पुगेको छ । दुःखको यस घडीमा उद्धार, राहतलगायत सहयोगमा जुट्न फाउन्डेसनले आह्वान गरेको छ । भित्र्याउने बेलाको अन्नबाली गुमाएका किसान, घर, आवास गुमाएका नागरिक, सदस्य गुमाएका परिवारलाई विपद्को यो घडीमा सक्दो सहयोग गर्नु राज्यको दायित्व हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ८ : ३० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको