सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू « Khabarhub

सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताउँदै सरकारले योजनाबद्ध ढङ्गले राहत र पुनस्र्थापनाको काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएको उल्लेख गरे ।

बाढी र पहिराबाट भएको क्षतिका कारण पुनर्निर्माणमा ढिलाइ भए पनि राहत प्याकेज तत्काल ल्याइने उनले बताए । ‘पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,’मन्त्री बडूले भने, ‘देशभरको क्षतिको अवस्था हेर्दा वैदेशिक सहायता जुटाएर पनि जनताको पीडामा मल्हम लगाउँछौँ ।’

फरक प्रसङ्गमा मन्त्री बडूले नेपाली कांग्रेसलाई मुलुक हाँक्ने जिम्मेवारी आएको बताए । ‘मुलुकको सफलता र संविधानको रक्षाका लागि सरकारमा आयौँ,’ उनले भने, ‘अहिले हाम्रासामु चुनौतीहरु पनि धेरै छन् ।’

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १२ : २४ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा