बहुमुल्य बुद्धमूर्तिको नगर परिक्रमा « Khabarhub

बहुमुल्य बुद्धमूर्तिको नगर परिक्रमा


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमुल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा, लुम्बिनी र मायादेवी बजार परिक्रमा गराइएको छ ।

भैरहवा भन्सार कार्यालय बेलहिया हुँदै नेपाल ल्याइएको बुद्ध मूर्तिलाई स्थानीय संघसंस्थाको सहयोगमा नगर परिक्रमा गराइएको हो ।

बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’ बाट बनेको बुद्धमूर्ति म्यान्नमार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार नेपाल ल्याइएको थियो । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा, लुम्बिनी होटल संघ नेपालको संयोजन तथा लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा मूर्तिलाई सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराइ एयरपोर्टमा राखिएको छ ।

करिव दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने छ । सो बुद्धमूर्ति म्यानमारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो ।

एक हजार ८०० किलो तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको बुद्धमूर्तिको अनावरणपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट आउने जाने पर्यटकले शान्तिको अनुभूति गर्न पाउने लुम्बिनी गोर्डन फाउन्डेसनका प्रतिनिधि तुलसीराम लामिछानेले जानकारी दिए ।

विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइएको बताइएको छ । बुद्धमूर्ति १४ कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम छ । १३ कात्तिकमा लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विशेष प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउन्डेसनले जनाएको छ ।

बुद्धमूर्ति नगर परिक्रमा गराउने क्रममा आयोजित कार्यक्रममा बाल्दै संविधानसभा सदस्य इश्तियाक अहमद खाँन, प्रदेशका पूर्वमन्त्री सन्तोषकुमार पाण्डेय, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेय लगायतले बिमानस्थलमा राखिने बुद्ध मूर्तिले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आएपछि पर्यटकले शान्तिको अनुभूति गर्ने बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  २ : १९ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा