कास्कीमा ९० करोडको लगानीमा एन्फा एकेडेमी बन्दै « Khabarhub

कास्कीमा ९० करोडको लगानीमा एन्फा एकेडेमी बन्दै


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– अखिल नेपाल फुटवल एसोसियशनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दैछ ।

माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो । फिफाको आर्थिक सहयोगमा भेडाबारीको साढे ३ सय रोपनी क्षेत्रफलमा सेण्टर निर्माण गर्न लागिएको एन्फाका प्रमुख कार्यकारी निर्देशक गोकुल थापाले जानकारी दिए । थपाका अनुसार टेक्निकल सेण्टर निर्माणका लागि सबै प्रक्रिया पूरा भैसकेको छ । ३४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलनको सम्झौता भैसकेको उनले बताए ।

‘डीपीआर बनिसक्यो । अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा छ । प्रतिवेदन मन्त्रालयमा पुगिसक्यो,’ उनले भने, ‘मन्त्रालयबाट पास हुनेवित्तिकै काम सुरु हुन्छ ।’ अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय लगायत संरचना त्यहाँ बनाईने छ ।

ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास र ट्रेनिङहरु सञ्चालन गर्न मिल्ने संरचना तयार हुनेछ । सोही ठाउँमा ८० जना बालबालिकालाई अभ्यासका लागि नियमित राख्ने योजना रहेको थापाले बताए । यहाँबाट अन्तर्राष्ट्रिय प्रतियोगिता समेत सन्चालन गर्न सकिने छ । यहाँ संरचना निर्माणका लागि फिफाले २० लाख डलर पठाएको छ ।

पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ खर्च हुने बताइएको छ । चरणबद्ध रुपमा ८० देखि ९० करोडसम्म लगानी हुनेछ । तर, प्रस्तावित ठाउँ जोखिमयुक्त रहेकोले संरक्षणको काम नेपाल सरकारले गर्नुपर्ने प्रश्ताव छ । इदी र मर्दी खोलाको दोभानमा रहेको जग्गामा सेण्टर निर्माण हुने भएकोले खोलाको जोखिम बढी रहेको एन्फा कास्की अध्यक्ष मिलन गुरुङले बताए ।

‘जग्गा राम्रो छ । भुगोल र हावापानी सुन्दर छ,’ उनले भने, ‘तर खोलाको जोखिम कायम छ । त्यसलाई तटबन्ध गरेर संरक्षण गर्नुपर्छ । प्रदेश र संघ सरकारले सहयोग गर्ने बचन दिएको छ ।’

उनका अनुसार संरक्षणका लागि भने फिफाले लगानी गर्दैन । यसअघि नै गाउँपालिका र निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम मार्फत १ करोडको काम भैसकेको छ । अझै ४ करोड भन्दा बढी लाग्ने बताईएको छ । प्रश्तावित परियोजनाको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समेत अवलोकन गरेर फर्किएका छन् । उनले तटबन्धका लागि आवश्यक बजेट प्रदेश सरकारले विनियोजन गर्ने बचन दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  २ : २५ बजे

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित