साउदीमा बाहिर हिड्डुल गर्दा मास्क लगाउनु नपर्ने « Khabarhub

साउदीमा बाहिर हिड्डुल गर्दा मास्क लगाउनु नपर्ने


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको साउदी अरबले कोरोना संक्रमण कम हुँदै गएपछि आइतबारदेखि पूर्ण खोप (भ्याक्सिन) लगाएकाले बाहिर मास्क लगाउनुनपर्ने, सामाजिक दूरी पनि पालना गर्नु नपर्ने भएको छ ।

विवाह हल, रेस्टुरेन्ट र यातायातका साधनहरूलाई शारीरिक दूरी नराखी पूर्ण खोप लगाएका व्यक्तिहरूको लागि पूर्ण क्षमतामा सञ्चालन गर्न अनुमति दिइने साउदीको आन्तरिक मन्त्रालयलाई उद्रित गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ ।

तर भित्र ठाउँहरुमा रहदा मास्क तथा सामाजिक दूरी लगायतका सावधानी अपनाउनै पर्ने र कानुन उलंघन गरे जरिवाना हुने नियम यथावत रहेको जनाइएको छ । साउदी सरकारको यो निर्णयसँगै त्यहाँ कार्यरत नेपाली श्रमिकहरुलाई पनि राहत मिलेको छ ।

अब बिना मास्क बाहिर हिड्डुल गर्न पाउने भएका छन् । साउदीले कोरोना भाइरसको फैलावट रोक्न गत बर्ष २७ फेब्रुअरी २०२० देखि तीर्थयात्रीहरुमा अस्थायी प्रतिबन्ध लगाएर गरेको थियो ।

तर,पछि त्यति गर्दा पनि संक्रमण कम नभएपछि कर्फ्यू लगाएर सार्वजनिक जीवनका सबै गतिविधिहरु बन्द गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवाहरु बन्द गरेको थियो । साउदी अरबमा विभिन्न क्षेत्रमा गरि करिव चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ ।

साउदीस्थित नेपाली दूतावाससँग आधिकारित तथ्यांङक नभए पनि कोरोना संक्रमणका कारण त्यहाँ कार्यरत १०८ भन्दाबढी नेपाली कामदारले ज्यान गुमाएको बताईएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  २ : ४६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित